बुधबार, असार ३१, २०८३

ट्रिटन फुटसल कप शुरु, राजधानीका ३६ कलेज सहभागी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–ट्रिटन इन्टरनेशनल कलेजको आयोजनामा राजधानीमा तीन दिने ट्रिटन फुटसल कप शुरु भएको छ । संखमूल फुटशलमा साउन ६ देखि ८ गले सम्म चल्ने अन्तर कलेज फुटसल प्रतियोगितामा काठमाडौं उपत्यकाका ३६ कलेजका टिमको सहभागिता जनाएका छन् । 

प्रतियोगिताको उद्‍घाटन कलेजका भाइस प्रिन्सिपल श्रीकृष्ण विष्ट र एडमिन तथा अप्रेशन चिफ रितु न्यौपानले गरेका थिए ।ट्रिटन इन्टरनेशनल कलेजमा बीएस डब्लु अध्ययनरत विद्यार्थीहरुको अग्रसरतामा प्रतियोगिता आयोजना गरिएको ट्रिटनका इसीए संयोजक मनिष बस्नेतले जानकारी दिए । कलेज प्रतिभालाई प्रोत्साहन गर्दै  विद्यार्थीमा सामाजिक उत्तरदायित्व बोध गराउने उद्देश्यले आयोजित प्रतियोगिताबाट उठेको केही रकम माइती नेपालमा रहेका बालबालिको शैक्षिक विकासका लागि प्रदान गरिने आयोजकले बताएकोछ ।

उद्घाटन खेलको भिडियो हेर्नुहोस्


प्रतियोगितालाई अब हरेक वर्ष आयोजना गरिनेछ । ट्रिटन फुटसल कपको बिजनेस पार्टनर डिभी ग्रुप अफ कम्पनिज रहेको छ भने मिडिया पार्टनर नेपाल समय डटकम छ ।  त्यस्तै प्रतियोगिताको मेडिकल पार्टनर नेसनल क्यान्सर हस्पिटल रहेको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि अक्वा वर्ल्ड, अक्वा प्राइम, ओम शान्ति टेलर्सले प्रायोजन गरेको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार र दोस्रो हुने टोलीले ३० हजार नगदसहित प्रमाणपत्र र शिल्ड प्राप्त गर्नेछन् । 







प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।