बुधबार, भदौ ३, २०८३

गठबन्धनको बैठकअघि मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार दिउँसो २ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार दिउँसो २ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सत्ता गठबन्धनमा एमसीसीको विषयमा छलफल गर्नुअघि देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

मन्त्रिपरिषद् बैठक दिउँसो साढे २ बजेका लागि आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा एमसीसीका साथै मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने बताइएको छ।

एमसीसीको विषयमा छलफल गर्न आजै पाँच बजे सत्ता गठबन्धनको बैठक पनि बस्दै छ।

एमसीसीका विषयमा धारणा बनाउन बिहीबार दिउँसो ३ बजे बस्ने भनिएको सत्ता गठबन्धनको बैठक सारिएको हो। प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएसँगै बैठक दुई घण्टा सारिएको थियो।

देउवा र प्रचण्डबीच आज बिहान बालुवाटारमा भेटवार्ता भएको थियो। सगठबन्धनका नेताहरूले एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा आजै 'निर्णायक' छलफल गर्ने बताइएको छ।

प्रकाशित: Feb 17, 2022| 12:38 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...