बुधबार, भदौ ३, २०८३

गठबन्धन बैठकअघि देउवा-प्रचण्ड छलफलमा

एमसीसीबारे आज गठबन्धनका दलबीच 'निर्णायक' वार्ता हुनुअघि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढदल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले भेटवार्ता भइरहेको छ। एमसीसीबारे आज गठबन्धनका दलबीच 'निर्णायक' वार्ता हुनुअघि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो। 

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग नेपालले गरेको सम्झौता संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलबीच आजै 'निर्णायक' छलफल हुँदैछ। 

हिजो प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गरिछाड्ने योजनामा रहेका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रलगायत गठबन्धनमै रहेका दलले विरोध गरेपछि सफल हुन सकेनन्।

नेकपा माओवादी केन्द्रले त एमसीसी जबर्जस्ती संसद्मा पेस गरिए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ भने नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टी (जसपा)समेत एमसीसी संशोधन नगरी संसद्मा पेस गर्न नहुने पक्षमा उभिएका छन्। राष्ट्रिय जनमोर्चा त पहिलेदेखि नै एमसीसी खारेजै हुनुपर्छ भनिरहेको छ। 

प्रकाशित: Feb 17, 2022| 10:48 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...