सिन्धुपाल्चोक- बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले नेकपा एमाले परित्याग गरेका छन्। एमाले व्यक्तिवादी र सामन्तीवादी भएको आरोप लगाउँदै उनले आफू एमालेमा नरहेको घोषणा गरेका हुन्।
एमाले जिल्ला अध्यक्षमा सहमति नजुटेपछि उनले पार्टी नै परित्याग गरेका हुन्। जिल्ला अध्यक्षका लागि क्षेत्रीले पनि दाबेदारी दिएका थिए। तर सहमतिमा अध्यक्ष निर्वाचित हुने भए आफूले दाबी नगर्ने बताएका थिए। तर सहमतिमा नै नेतृत्व चयन गर्न तयार नभएको आरोप क्षेत्रीको छ।
क्षेत्री एमालेको नवौं र दशौं महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषद्मा निर्वाचित भएका थिए।