बुधबार, भदौ ३, २०८३

नेपाली कांग्रेसका १६ जिल्लाको अधिवेशन एकैदिन नहुने

नेपाली कांग्रेसका अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते एकै दिन नहुने भएको छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमडौं– नेपाली कांग्रेसका अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते एकै दिन नहुने भएको छ। सो दिन पार्टीका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको जन्मजयन्ती परेकाले अधिवेशन नहुने भएको हो। 

प्रदेश २ का अधिकांशसहित १६ जिल्लामा निधिको जन्म दिवस मनाइने भएकाले अब फरक फरक मितिमा अधिवेशन हुने भएको हो। अब बाँकी १६ जिल्लामा फरक फरक मितिमा अधिवेशन हुनेछन्। 

फागुन २० भित्रै अधिवेशन सम्पन्न गर्ने गरि केन्द्रीय निर्वाचन समितिले कार्यतालिका संशोधनको तयारी गरिरहेको छ। गत माघ २८ गते बसेको निर्वाचन समितिको बैठकले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको थियो।

निर्वाचन समितिका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला कार्यसमितिको अधिवेशन गर्न बाँकी छ। 

प्रकाशित: Feb 16, 2022| 18:24 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...