बुधबार, भदौ ३, २०८३

सरकार, सडक र सदनमा एमसीसीको विरोध गर्छौं : झलनाथ खनाल

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले जबरजस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिएका छन्।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमाडौं- सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले जबरजस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिएका छन्। उनले आफूहरूले एमसीसीको विरोध सडक, सरकार र सदनबाट समेत गर्ने चेतावनी दिएका हुन्। 

‘नेपाली जनतालाई थाहा नै नदिइकन, राम्ररी अध्ययन नै नगरीकन यो सम्झौंता गरिएको हो। यो सम्झौता भित्र गम्भीर र गम्भीरतम राष्ट्रिय हित विपरितका कुराहरु छन्। त्यो कुरा नसच्चिकन र ती कुराहरुमा सुधार नभईकन एमसीसी पास हुन सक्दैन,' नेता खनालले भने, 'कतिपय कुराहरु मिल्दैनन्। त्यसमा जबरजस्ती ठेल्न मिल्दैन। असहमतिको विषयमा बल प्रयोग गरेर हुन्छ? धाकधम्की दिएर हुन्छ? हुँदैन। यसको विरोध सरकारमा पनि हुन्छ। सडकमा पनि हुन्छ र सदनमा पनि हुन्छ।’

खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौता संशोधन नभई पारित हुन आफ्नो पार्टीको नदिने अडानसमेत दोहोर्‍याए। बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो सम्झौंतामा गम्भीर खालका राष्ट्रिय हित विपरीतका कुराहरु रहेको उल्लेख गर्दै त्यसलाई बल प्रयोग गरेर पास गर्छु भन्न नमिल्ने तर्क गरेका थिए। 

नेता खनालले यथास्थितिमा एमसीसी संसदमा टेबल गर्न नदिन संसद, सडक र सरकार सबै ठाउँबाट आफ्नो पार्टीले विरोध गर्ने पनि स्पष्ट पारे। 

खनालले सरकारमा रहेर पनि सरकारले ल्याएका गलत कुराको विरोध गर्न पाउने बताए।

प्रकाशित: Feb 16, 2022| 15:40 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...