काठमाडौं– प्रतिनिधिसभाको बैठक सुरु भएको छ। सात पटक सूचना टाँसेर स्थगित भएको बैठक आज बसेको हो।
निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जारी राखेको छ। सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेरेर नाराबाजी सुरु गरेका छन्। सभामुखले भने संसद् अवरोध रोक्न र संसद् सुचारु गर्न सहयोग गर्न आग्रह गरिरहेका छन्।
एमालेले लामो समयदेखि संसद् बैठकमा अवरोध गर्दै आएको छ।
यसअघि संसद् बैठक सातपटक सूचना टाँसेर स्थगित भएको थियो। आजको बैठकमा एमसीसी टेबुल गर्ने तयारी थियो। तर, सत्तारुढ दलहरुबीच सहमति नजुटेपछि एमसीसी टेबुल हुन सकेको छैन।
एमसीसीमा सहमति जुटाउन पटक पटक संसद् बैठक स्थगित हुँदै आएको छ। यसअघि पुस १८, २२, २८, माघ ३, १६, २६ र फागुन २ गते सूचना टाँस गरेर बैठक स्थगित भएको थियो।
प्रकाशित: Feb 16, 2022| 13:27 बुधबार, फागुन ४, २०७८
सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...