शुक्रबार, फागुन २२, २०८२

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको पाँच गोल

स्पोर्टिङ क्लबको मैदानमा प्रिमियर क्लब म्याचेस्टर सिटीले घरेलु टिमविरुद्ध ५-० को सानदार जित निकालेको छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमाडौं- स्पोर्टिङ क्लबको मैदानमा प्रिमियर क्लब म्याचेस्टर सिटीले घरेलु टिमविरुद्ध ५-० को सानदार जित निकालेको छ।

च्याम्पियन्स लिगअन्तर्गत गएराति सम्पन्न पहिलो लेगको खेलमा खेलमा सिटीले सानदार जित निकालेको हो।

सिटीको जितका लागि बर्नान्डो सिल्वाले दुई गोल गरे भने रियाद महरेज, फिल फोडेन र रहिम स्टार्लिङले गोल गरे।

यो जितसँगै सिटी च्याम्पियन्स लिगको लगातार पाँच नकआउट अबे खेलमा जित निकाल्ने पहिलो टिम बनेको छ। यता यसअघि पनि स्पोटिर्ङले सन् २००९ मा बायर्नसँग ५-० गोलको हार बेहोरेको थियो।

यता च्याम्पियन्स लिगको नकआउट चरणमा भने उसको यो निकै ठूलो जित हो। यो जितपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘म यो जितले धेरै खुसी छु। हामीलाई थाहा थियो यो गाह्रो खेल छ तर हामी क्लिनिकल रह्यौँ र लगातार गोल गरिरह्यौं। हामीले विपक्षीलाई दबाबमा खेलायौं।

kumari

उनले आफ्नो टिमले राम्रो डिफेन्ड गरेर सानदार नतिजा ल्याएको बताएका छन्। उसले खेलमा ६४ प्रतिशत समय बलमा नियन्त्रण बनाएको थियो।

 मंगलबार रातिकै खेलमा  पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड केलियन एम्बाप्पेको एक गोल सहयोगमा मंगलबार राति रियल मड्रिडविरुद्ध पीएसजीले जित निकालेको छ।

पीएसजीको पार्क डेस प्रिन्सेस मैदानमा सम्पन्न खेलमा घरेलु टिमले पाहुना टिमविरुद्ध १-० गोलको जित निकालेको हो।

प्रकाशित: Feb 16, 2022| 08:20 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।