आइतबार, मंसिर ७, २०८२

एम्बाप्पेको गोलमा पीएसजी विजयी, मेस्सीको पेनाल्टी मिस

पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड केलियन एम्बाप्पेको एक गोल सहयोगमा मंगलबार राति रियल मड्रिडविरुद्ध पीएसजीले जित निकालेको छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमाडौं- पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड केलियन एम्बाप्पेको एक गोल सहयोगमा मंगलबार राति रियल मड्रिडविरुद्ध पीएसजीले जित निकालेको छ।

National life

पीएसजीको पार्क डेस प्रिन्सेस मैदानमा सम्पन्न खेलमा घरेलु टिमले पाहुना टिमविरुद्ध १–० गोलको जित निकालेको हो।

निकै प्रतिस्पर्धात्मक खेलमा ५८ प्रतिशत समय बलमा नियन्त्रण बनाएको पीएसजीले इन्ज्युरी समयमा गोल गरेको हो। इन्ज्युरी समयको चार मिनेटमा नेयमारले दिएको पासको सदुपयोग गर्दै एम्बाप्पले निर्णायक गोल गरेका थिए।

त्यसअघि खेलको ६०औं मिनेटमा कार्भान्जलले बल जित्ने क्रममा पीएसजीका एम्बाप्पेलाई लडाएपछि रेफ्रीले घरेलु टिमलाई पेनाल्टी दिएका थिए। घरेलु टिमका प्लेमेयर लियोनेल मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन्। यससँगै पीएसजी अग्रता बनाउने अवसरबाट चुकेको थियो।

प्रकाशित: Feb 16, 2022| 08:06 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।