काठमाडौं- आईसीसी पुरुष टी२०विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक र खेलाडी चयन समिति बीचको परामर्श पछि आईसीसी पुरुष टी२० विश्वकप छनोटका लागि अन्तिम १४ खेलाडी छनोट गरिएको छ।
टोलीमा कप्तान सन्दीप लामिछाने, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आसिफ शेख, अविनाश बोहरा, जितेन्द्र कुमार मुखिया, कमल सिंह ऐरी,विवेक कुमार यादव, लोकेश बहादुर बम, सागर ढकाल र गुलशन कुमार झा परेका छन्।
रिजर्भमा कुशल मल्ल र शाहब आलम र प्रदीप ऐरी परेका छन्।
टी–२० विश्वकप छनोटमा नेपालको खेल तालिका
फागुन ६– नेपाल र ओमान
फागुन ७– नेपाल र फिलिपिन्स
फागुन ९– नेपाल र क्यानडा
फागुन १०– पहिलो सेमिफाइनल (समूह ए को विजेता र समूह बी को उपविजेता)
फागुन १०– दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता)
फागुन १२– फाइनल (दुवै सेमिफाइनलका विजजेता)