शनिबार, मंसिर १३, २०८२

भूमि आयोगसँग सम्झौता गर्न आलटाल गरेको आरोप

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र दिने प्रक्रिया अघि बढाउन राष्ट्रिय भूमि आयोगसँग सम्झौता गर्न आलटाल गरेको भन्दै यथाशीघ्र सम्झौता गर्न पाँच दलले नगरपालिकासँग माग गरेका छन्।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र दिने प्रक्रिया अघि बढाउन राष्ट्रिय भूमि आयोगसँग सम्झौता गर्न आलटाल गरेको भन्दै यथाशीघ्र सम्झौता गर्न पाँच दलले नगरपालिकासँग माग गरेका छन्।

National life

जिल्लाका अन्य स्थानीय तहहरुले भूमि आयोगसँग सम्झौता गरी जग्गाधनी प्रमाणपत्र दिने प्रकृया अघि बढाइसके पनि तिलोत्तमा नगरपालिकाले विभिन्‍न बहानाबाजी गरेर सम्झौता गर्न बेवास्ता र आलटाल गरेको पाँच दलको आरोप छ।

नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डे,नेकपा माओवादी केन्द्रका अध्यक्ष बेलप्रसाद शर्मा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष राजेन्द्रप्रसाद सुवेदी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष शिवराज घिमिरे र राष्ट्रिय जनमुक्ति पार्टीका भोमबहादुर बुढामगरले संयुक्त विज्ञप्ति जारी गर्दै नगरपालिकाको रवैयाले आफूहरुलाई गम्भीर बनाएको उल्लेख गरेका छन्।

नगरपालिकाले यथाशीघ्र सम्झौता गरी प्रकृया अघि नबढाए भूमिहीन र अव्यवस्थित बसोबासीसहित पाँच दलले नगरपालिकाविरुद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने नेपाली कांग्रेस नगर सभापति हरिलाल पाण्डेले बताए। रुपन्देहीका देवदह र सिद्धार्थनगर नगरपालिकाले आयोगसंग सम्झौता गरी प्रकृया अघि बढाइसकेका छन्। 


Laxmi sunrise bank
kumari

 

प्रकाशित: Feb 15, 2022| 19:57 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।