आइतबार, मंसिर ७, २०८२

रेलिगेसनको पेचिलो दबाबबीच रोमाञ्‍चक बराबरी

बराबरीसँगै सात अंक बनाएको बीबीसी १३ औं स्थानमै छन् भने च्यासल तालिकाको पुछारमा यथावत् छ। अहिले पुछारको च्यासलको ६ र फ्रेन्ड्स र बीबीसीको समान ७–७ अंक छ।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको मंगलबार दिउँसो सम्पन्‍न दुबै खेल बराबरीमा रोकिएका छन्। लिगमा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबसँग ३–३ को बराबरी खेलेको छ भने अर्को खेलमा ब्रिगेड बोइज क्लब (बिबिसी) र च्यासल युथ क्लब गोलरहित बराबरीमा रोकिएका छन्।

National life

मंगलबारका दुवै खेल लिगको रेलिगेसनको चरम दबाबमा सम्पन्‍न भएका थिए। खेल सुरु हुनुअघि च्यासल, जावलाखेल, फ्रेन्ड्स र जावलाखेल युथ क्लब पुछारबाट क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानमा थिए।

त्यसैले मंगलबारको जित र हारले रेलिगेसन ब्याटलमा ठूलो प्रभाव पार्ने पक्का थियो। चरम दबाबबीच सातादोबाटोस्थित एन्फाको मैदानमा सम्पन्‍न खेलमा ११ औं स्थानको जावलाखेलले  १२ औं स्थानको फ्रेन्ड्स क्लबसँग ३–३ को बराबरी खेलेको हो।

जावलाखेलले ३–१ गोलको अग्रता जोगाउन नसक्दा उसले लिगमा दुई अंक गुमाएको हो। जावलाखेललाई अग्रता दिलाउन लोइक एनजीमीले दुई गोल गरे भने रुप बहादुर लामाले एक गोल गरे।

उसले मंगलबारको खेलमा जित निकालेको भए रेलिगेसन भयबाट मुक्त हुने अवसर थियो। तर बराबरीपछि १० अंक मात्र बनाएको छ। उसको रेलिगेसन दबाब उस्तै छ। यता खेलमा बराबरी गर्नका लागि फ्रेन्ड्सका नाथनल गर्सियाले दुई गोल गरेका थिए भने जमोल एन्थोनी पउलले एक गोल गरे। सँगै फ्रेन्ड्स १२ औं स्थानमा यथावत् छ। 

Laxmi sunrise bank
kumari

लिगको पुछारमा रहने दुई टिम बी डिभिजनमा घटुवा (रेलिगेसन) हुने नियम छ। यता त्रिपरेश्वरको दशरथ रंगशालामा सम्पन्‍न खेलमा च्यासल र बीबीसी बराबरीमा रोकिएका छन्। यो बराबरीसँगै सात अंक बनाएको बीबीसी १३ औं स्थानमै छन् भने च्यासल तालिकाको पुछारमा यथावत् छ। अहिले पुछारको च्यासलको ६ र फ्रेन्ड्स र बीबीसीको समान ७–७ अंक छ।

लिगको अर्को चरणको पहिलो खेलमा तालिकाको पुछारमा रहेका फ्रेन्ड्स क्लबले च्यासल क्लबको सामना गर्नेछ। एक टिमका लागि रेलिगेसनबाट बँच्‍न त्यो खेल झनै महत्वपूर्ण हुनेछ।

त्यस्तै, जावाखेलले हिमालयन शेर्पाको सामना गर्नेछ भने बीबीसीले सातदोबाटोसँग खेल्नेछ। खेलपछि च्यासलका फुटबल डाइरेक्टर लि मान्सनले भने, ‘राम्रो खेल भयो। तर हामी दुबै हार्न चाहँदैन थियौँ। रेलिगेसनको भय थियो। हामीले विक खेल्यौँ। हामीले बल होल्ड गर्न सकेनौं। हामीले मिडफिल्डमा बलियो पकड बनाउन सकेनौं। खेलाडीहरु पनि युवा छन्। तर खेल रोमाञ्चक भयो।’

उनले थपे, ‘अर्को खेलमा फ्रेन्ड्सले पनि बराबरी गरेपछि तालिका उस्तै रहेको छ। पुछारका चारै क्लबले एकाएक अंक मात्र बनाएको छ। तालिकाको पुछारमा रहनु राम्रो अवस्था होइन। हामी सुरक्षित महसुस गर्ने समय पनि होइन। हामीले हाम्रो योजनाअनुसार गर्न सकेको छैन। हामीसँग मछिन्द्रको खेलपछि रिकभरी गर्ने समय पनि भएन।’

उनले आजको बराबरीले गाह्रो भएको आउँदो खेलमा फ्रेन्ड्सलाई हराउनै पने बताए। त्यस्तै, बीबीसीका प्रशिक्षक सनोज श्रेष्ठ तीन अंक ल्याउन नसकेको पछुताउँछ। ‘तीन अंक ल्याउने लक्ष्य थियो। एक अंक पनि लिन सफल भएका छौं, गाह्रो छ। आउँदो खेल टफ छ अब सातदोबाटो र थ्रीस्टारसँग छ,’ उनले भने, ‘हामी चार टिम पाइपलाइनमा छौं। तर आउने खेल बलियो टिमसँग छ। हामीले बलियो टिमसँग प्रदर्शन राम्रो नै भइरहेको छ। बलियो टिमसँगै बलियो ढंगमै प्रस्तुत भएर जित्‍ने प्रयास गर्नेछौं। बीबीसीलाई बचाउने नै हाम्रो अन्तिम लक्ष्य हो।’

प्रकाशित: Feb 15, 2022| 18:41 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।