आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • स्टार खेलाडीले भरिएको पीएसजी च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्ध खेल्दै

स्टार खेलाडीले भरिएको पीएसजी च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्ध खेल्दै

युरोपेली क्लबहरुको उच्च वरीयताको अन्तर्राष्ट्रिय क्लब प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम १६ का खेल मंगलबार रातिबाट सुरु हुँदैछन्।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

काठमाडौं– युरोपेली क्लबहरुको उच्च वरीयताको अन्तर्राष्ट्रिय क्लब प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम १६ का खेल मंगलबार रातिबाट सुरु हुँदैछन्। आज मंगलबार स्पेनिस क्लब रियल मड्रिडले फ्रेन्च लिग वानको लिगलिडर पेरिस सेन्ट जर्मेन(पीएसजी) को सामना गर्दैछ।

National life

फ्रान्सको राजधानी पेरिसको पार्क डेस प्रिन्सेस रंगशालामा हुने पहिलो लेगको खेलमा पीएसजीले घरेलु मैदानमा पाहुना टिम रियलको स्वागत गर्नेछ। अहिले यी दुवै टिम आ–आफ्नो देशको लिगलिडर हुन्।

यता, रियल मड्रिडका पूर्वकप्तान सर्जियो रामोस र बार्सिलोनाका पूर्वकप्तान लियोनेल मेस्सी अहिले पीएसजीमा छन्। यसपहिले बार्सिलोना र रियल मड्रिडको खेल हुँदा यी दुई खेलाडी विपक्षी टिममा हुन्थे। तर अहिले रामोस र मेस्सी एउटै टिममा भएको खेलमा रियल मड्रिड नै विपक्षी हुने छ। यता उनीहरु पीएसजीमा छन्। आजको खेलको सबैभन्दा रोमाञ्चक पक्ष भए पनि रामोस टिममा छैनन्।

रामोस खेलका लागि फिट नभएको पीएसजीले जनाएको छ। रियलकै पूर्वखेलाडी एन्जल डि मारिया भने आजको खेलमा देखिने छन्। सबैभन्दा धेरै पटक च्याम्पियन्स लिगको उपाधि जितेको रियल आज पीएसजीलाई हराउँदै अन्तिम आठको यात्रा सहज बनाउन चाहन्छ। यता स्टार खेलाडीले भरिएको पीएसजी त यो वर्ष युरोपियन च्याम्पियन नै हुने दाउमा छ।

त्यसैले आज हुने यी दुई टिमबीचको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुनेछ। दुई क्लबको विगत हेर्ने हो भने पनि त्यो आकलन गर्न गाह्रो छैन। च्याम्पियन्स लिगमा यसअघि रियल र पीएसजीले १० पटक प्रतिस्पर्धा गरिसकेका छन्। जहाँ हेड–टु–हेडमा रियल अघि छ। रियलले चार जित निकाल्दा पीएसजीसँग समान ३–३ हार र बराबरीको सामना गरेको छ।

Laxmi sunrise bank
kumari

यी दुई क्लब पछिल्लो समय सन् २०१९–२० मा पनि भेट भएका थिए। जहाँ पीएसजी दुवै लेगको खेलमा पराजित भएन। रियलले चाहिँ जित निकाल्न सकेन। च्याम्पियन्स लिगमा १० पटक भेट भए पनि उनीहरुले नकआउट स्टेजमा भने चौथो पटक भेट गर्दैछन्।

सन् २०१७–१८ को च्याम्पियन्स लिगमा भने पीएसजीलाई रियल मड्रिडले हराएको थियो। त्यो खेलमा २०१७–१८ को खेलमा रियल मड्रिडले पीएसजीले ३–० गोलको हार बेहोरेको थियो।

च्याम्पियन्स लिगअघि पनि यी क्लबले यूईएफए कप र कप विनर्स कपमा प्रतिस्पर्धा गरेका थिए। यता जारी सिजनमा भने रियल मड्रिडले समूह चरणका सबै अवे खेलमा जित निकालेको छ। ती खेलमा उसले जित मात्र निकालेको छैन, क्लिन सिट पनि राखेको छ।

रियलले सन् २०१४ मा मात्र पछिल्लो पटक लगातार चार अवे खेलमा क्लिन सिट राख्दै जित निकालेको थियो। त्यो सिजन उसले फाइनलमा एट्लेटिको मड्रिडलाई हराएर उपाधि जितेको थियो। त्यो खेलका महत्वपूर्ण खेलाडी डि मारिया पनि अहिले पिएसजीमा छन्।

त्यो वर्ष रियल मड्रिडका प्रशिक्षक कार्लो आन्सोलोटी थिए। आन्सोलाटी यो वर्ष रियल फर्किएका छन्। उनको प्रशिक्षणमा रियल मड्रिडले राम्रो खेलिरहेको छ। तर घरेलु लिगको पछिल्लो खेलमा भने उसले गोल गर्न सकेको थिएन।

पीएसजी र रियलको खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ। त्यस्तै, आजै राति हुने अर्को खेलमा स्पोर्टिङ क्लबले म्यानचेस्टर सिटीको सामना गर्नेछ। सिटी र स्पोर्टिङ क्लबको खेल स्टेडियो जोसे अल्वालाडेमा राति पौने १ बजे नै सुरु हुनेछ।

प्रकाशित: Feb 15, 2022| 16:34 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।