आइतबार, मंसिर ७, २०८२

ए डिभिजन लिगमा आजदेखि ११औं चरणका खेल सुरु हुँदै

यो चरणको पहिलो दिन हुने दुवै खेल दिउँसो १ बजेबाट सुरु हुने छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा रेलिगेसन क्षेत्रका ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्ने छन्।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिगमा आजबाट ११औं चरणका दुई खेल सुरु हुँदैछन्। यो चरणको पहिलो दिन हुने दुवै खेल दिउँसो १ बजेबाट सुरु हुने छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा रेलिगेसन क्षेत्रका ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्ने छन्।

दुवै टोली जित निकाल्दै रेलिगेसन क्षेत्रबाट बाहिर निस्कने लक्ष्यका साथ मैदान उत्रिने छन्। १० खेलबाट ब्रिगेड ६ अंकका साथ १३औं तथा च्यासल पाँच अंक जोडेर अन्तिममा छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अर्को खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन्।

दुवै टोलीलाई रेलिगेसन खतरा कम गर्न यो खेल जित्नैपर्ने दबाब छ। समान १० खेलबाट नौ अंकका साथ जावलाखेल ११औं स्थानमा रहँदा फ्रेन्ड्स ६ अंक जोडेर १२औं स्थानमा छ।

प्रकाशित: Feb 15, 2022| 08:54 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।