शुक्रबार, फागुन २२, २०८२

नेपाल १७ रनले आयरल्यान्डसँग पराजित

चारदेशीय सिरिजको अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ। आयरल्यान्डले नेपाललाई १७ रनले पराजित गरेको हो।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

काठमाडौं- चारदेशीय सिरिजको अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ। आयरल्यान्डले नेपाललाई १७  रनले पराजित गरेको हो। 

नेपाललाई आयरल्यान्डले १२७ रनको लक्ष्य दिएको थियो। ओमनमा भएको खेलमा नेपालले आयरल्यान्डविरुद्ध टस जितेर फिल्डिङ रोजेको थियो। आयरल्याण्डले दिएको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो।

नेपालका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक २८ रन बनाए। आशिफ शेख २३ रनमा आउट हुँदा कुशल भुर्तेल १५ रन जोडेका थिए।लोकेश बमले ६, ज्ञानेन्द्र मल्लले ५ रन संकलन गर्दा शरद भेषवाकर र कप्तान सन्दीप लामिछाने १ रनमा आउट भए।

आयरल्याण्डका सिमी सिंह, एन्डी म्याकब्राइन, मार्क एडिर र बेरी मकार्थीले २/२ विकेट लिएका थिए।

आयरल्याण्डका जर्ज डोकरेलले सर्वाधिक २८ रन जोड्दा कर्टिस क्याम्फरले २० रन बनाए। कप्तान एन्डी विलवार्नीले १९, लोर्कन टकरले १५, शेन गेटकाटेले १४, एन्डी म्याकब्राइनले ११ रन, ग्यारेथ डिलानीले ९, पल स्टर्लिङले २ र सिमी सिंहले १ रन बनाएका थिए। 

kumari

पालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिन सफल भएका थिए। २१ रनको खर्चमा उनले ४ विकेट लिएका थिए।अविनाश बोहराले दुई विकेट लिए।  सन्दीप लामिछाने, कमल सिंह ऐरी र जितेन्द्र मुखियाले १/१ विकेट लिए।

आजको खेलमा हारसँगै नेपालले ३ खेलमा २ अंक जोडेर अंक तालिकाको पुछारमा पुगेको हो। आयरल्याण्डले ३ खेलमा ४ अंक जोडेको छ।

प्रकाशित: Feb 14, 2022| 19:27 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।