बुधबार, असार ३१, २०८३

रोनाल्डोको टिप्स : २० हजार युरो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी-पोर्चुगली स्टार क्रिस्टियानो रोनाल्डोले ग्रीसमा छुट्टी पछि होटलको कर्मचारीलाई ठुलो टिप्स दिएका छन् । जब उनी पश्चिम पेलोपोनिज स्थीत कोस्टा नभारीनो रिसोर्टबाट चेक आउट भए, तब उनले २० हजार युरो सबै होटल कर्मचारीलाई बराबर बाड्नु भन्दै छोडेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । 

‘रोनाल्डोको परिवारलाई सेवा प्रदान गर्ने र पापाजारी बाट टाढा राख्न सहयोग गरेको भन्दै रिसोर्टका १० जना कर्मचारीलाई उक्त रकम प्रदान गरेको थियो । जसमा प्रत्यक कर्मचारीले २ हजार युरो पाएको छ ।’ ग्रिक स्पोर्टस् म्यागेजिन अनलाईन स्पोर्टटाइम डट जिआरले उल्लेख गरेको छ । ३३ बर्षीय रोनाल्डोले ग्रिक आतिथ्यबाट प्रभाकित भएको समेत बताइएका छन् । 

उनको कप्तानीमा रहेको पोर्चुगल विश्वकप बाट बाहिरे पछि रिसोर्ट जाँच गरेर परिवार र साथीहरुसँग १० दिनका लागि रिसोर्ट पुगेका थिए । ‘यो रोनाल्डो र उनको परिवारलाई हेर्न पाउनु हाम्रो टिमको लागि एक सम्मान र उत्कृष्ट अनुभव थियो ।’ कर्मचारीले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै खेलेका छन् । ‘तपाइलाई धेरै धन्याबाद छ रोनाल्डो, हाम्रो कथाको अंश बनेको मा ।’ 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।