शनिबार, वैशाख ६, २०८२

ब्रेकअप भ्यालेन्टाइन

अनि लेखेँ, ‘ह्याप्पी भ्यालेन्टाइन डे।’ अहिलेसम्म उसको जवाफ आएको छैन। र, कामना गर्छु त्यसको जवाफ नआओस्। यदि जवाफ आयो भने फेरि मेरो मनले अर्को पेचिलो प्रहारको सामना गर्नु पर्नेछ।
 |  सोमबार, फागुन २, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

सोमबार, फागुन २, २०७८

vianetvianet

‘फेरि गायब…’

triton college

‘हेल्लो!’

‘ओई’

‘नबोल्ने?’

‘बिजी हो?’

National life insurance

म्यासेज डेलिभर भइरहेका थिए। तर उसले हेर्न चाहिरहेकी नै थिइन। यता म हैरान भइरहेँ।

अनि एकोहोरो म्यासेज गरिरहेँ।

‘के खालको हो के तिमी?’

‘ह्या बोल न... ’

‘प्लिज!’

‘आई एम वेटिङ’

अहँ कुनै म्यासेजको रिप्लाई आएन।

उनी २० मिनेटअघि अनलाइन आएकी थिइन्। ‘ह्याप्पी मैले उसको उपनाम राखिदिएको थिएँ।’ ह्याप्पीलाई पठाएका पाँचवटा म्यासेजको जवाफ दुई शब्दमा आएको थियो – ठिक छु।

मैले लेखेको थिएँ, ‘के गर्‍यौ त नि आज?’

‘केही गरिनँ बसिरहेँ,’ जवाफ आएको थियो।

को मान्छे दिनभरि बसिरहन्छ? मैले आफैंलाई सोधेको थिएँ। तर म्यासेजमा चाहिँ अर्कै लेखेँ, ‘अनि कलेज?’

– त्यो त गएँ

अनि केई गरिनँ भनेको होइन?

– हे हे हे।

उसले एउटा फोटो पठाई। ती फोटामा भएका मानिस मेरो परिचयभित्रका थिएनन्। सोधेँ, ‘कौन हे?’

‘दिदीको इन्गेजमेन्ट भएछ, म पनि बिहे गरुम कि क्या हो!’ जवाफ आयो। तर यो प्रश्न थियो वा उसको इच्छा। वा फगत् रिप्लाई मात्र मैले बुझिनँ।

मलाई चाहिँ उसले समयमा रिप्लाई नगरकोमै रिस उठिरहेको थियो।

‘गर। केटा हेर्‍या होला नि! अनलाइन आएर मसँग नबोली-नबोली कोहीसँग त बोल्ने गर्‍या होला, हैन्त?’ मेरो प्रश्नसूचक जवाफ उसका लागि थियो।

यसले नखरा पार्दै जवाफ लेखी– हो त!

‘म एउटा छु जो उसकै भरमा बाँचिरहेको छु,’ जवाफसँगै रोइरहेको इमोजी पनि पठाइदिएँ।

‘कसम यो कुराले हर्ट टच गर्‍यो,’ यसटक ह्याप्पी दुखी देखिई। उसलाई दुखिL देख्न म कहाँ सक्थेँ र!? मलाई माया दर्शाउनु थियो। त्यसले ‘धेरै सम्झना आइरहको छ’ भनेर सन्देश पठाएँ।

‘आइ लभ यू,’ जवाफ आयो। म नोस्टाल्जिक भएँ। तर मेरो जवाफको वास्ता नगरी ह्याम्पी त्यतिकै हराई। म काममा लागेँ। साँझ अनलाइन आउन अनुरोध गरेँ।

मोबाइलमा पठाएको म्यासेजको जवाफ आएन। करिब ढेड घण्टापछि जवाफ आयो- आउनु र?

‘मैले त अघि नै बोलाएको थिएँ। अहिले भए पनि आउ न। एकछिन गफ गर्न मन छ,’ जवाफ म्यासेन्जरमै आयो, ‘हजुर, खै फोटो हेर्छु नि!’

अक्सर मेरो दारी लामो हुने गर्छ। आज दारी काटेको थिएँ। तर फोटो खिचेको थिइनँ। त्यसै भनेँ।

‘आज खुब माया लाग्यो मेरो,’ उसले सोधी।

‘सँधै लाग्छ नि’

‘खुब’ कर्के आँखावाला इमोजी सँगै थियो।

‘रुन मात्र सकेको छैन’

‘किन?’

‘तिमीसँग बोल्न नपाएर काम गर्न पनि मन छैन। मलाई,’ जवाफम लेखेँ, ‘अब त नसा लागिसक्यो।’

आँखामा टिलपिल आँसु भरिएको इमोजीसँगै उसले लेखी, ‘यस्तो कुरा नगर्नु न।’

‘तिमी बोल्ने समय नै मिलाउँदैनौँ। किन के भयो र?’ मैले प्रश्न गरेँ।

‘मलाई डर लाग्छ,’ जवाफमा उसले बताई। तर कस्तो? सायद परिवारको हो कि! मैले अनुमान लगाएँ। तर आफ्नै कुरामा अघि थपेँ, ‘कति माया गर्छु के म।’

‘कति?’

‘धेरै। अस्ति बिरामी हुँदा तिम्रो अथाह याद आयो। तिम्लाई नै सम्झेर दिन कटाएँ।’ 

अँ साँच्चै कोठा भाडामा बसेको एक्लो मान्छे विरामी हुन निकै पीडादायक कुरा हो। त्यसमाथि एक्लै।

मैले ह्याप्पीलाई बताइसकेको त थिएँ। तर, खै किन हो उसले वास्तै नगरे झैँ लागेको थियो। फेरि त्यो कुरा सम्झिएँ।

फागत् एक इमोजी मात्र।

मैले पनि त्यही गरेँ।

‘सानु एउटा फोटो हेरम न ल,’ मैले फोटो मागेँ। म उसलाई सानु भन्थेँ। उसलाई त्यो शब्द निकै प्यारो लाग्ने हुनाले मैले त्यसो भन्ने गरेको थिएँ।

उसले फोटो पठाई। मन परेको मान्छे। जति हेर पनि हेरौँ। हेरौँ लाग्ने। हेरिरहेँ अनि लेखेँ– असिली, नसिल और शर्मिली। फोटो हेर्ने बित्तिकै यी शब्द आए।

‘कसो अरे कसो’ उसले फेरि सुन्ने हिसाबले जवाफ फर्काई सायद।

तर मैले जवाफमा अर्कै कुरा लेखेँ, ‘आइ ह्याभ किस दिस पिक, नरिसाउ ल।’ सँगै पठाएँ ओठ चुच्चे पारेको स्माइली पनि।

उसले आँखा छोपेको स्माइली पठाई। मैले ह्याप्पी आफू समीपमै भएको अनुभव गरेँ। उसले के अनुभव गरी होला, सायद हामी सँगै भएको भए म त्यो देख्ने थिएँ।

‘तिमीलाई साँच्चै भेटेर चुम्बन गर्न मन छ मलाई त,’ मैले लाजलाई अनुहारमै सीमित राखेर म्यासेजमा लेखिरहेको थिएँ, ‘के चाहन्नौ?’

‘मलाई लाज लाग्यो,’ म्यासेजसँगै लजाएको इमोजी आयो। मेरो मन पनि कौतुहलताले भरिएको थियो। तर जवाफमा लेखेँ, ‘यति लजाएपछि त गर्नै पर्ने भयो नि!’

‘के भो तपाईलाई.... आज के भको छ?’ उत्तरै फर्काउन नसक्ने गरी उसले म्यासेज लेखी। मैले यसको के उत्तर फर्काउँथे हुँला र? त्यसैले मलाई फेरि प्रसंग बदल्नु पर्ने अवस्था आयो।

अनि प्रतिप्रश्न गरेँ, ‘म ठूलो स्वरमा चिच्याउँ – आई लभ यू बेबी भनेर? यो घर नै थर्किने गरी?’

‘त्यो तपाईंको विचार हो’

जवाफले म चाहिँ थचक्कै भएँ। लेट नाइट रोमान्स शून्यको आसपासमा झर्‍यो।

‘पक्का?’

‘हँ’

‘पक्का? भनेको हउ।’

‘साँच्चै?’ मैले एकैपटक चार म्यासेज पठाएँछु। जवाफ आयो, ‘अँ, हन्ड्रेड पर्सेन्ट।’

‘अनि घरबेटीले बउलाइस कि क्यो हो भन्यो भने के गर्ने नि?’ मेरो प्रश्न रह्यो।

‘सबै कुरा थाहा र छ त अनि, फेरि किन पक्का भन्दै सोध्नु?’ यो जवाफ निकै परिपक्व थियो। 

यता आफूलाई उसँग बच्चाझैँ प्रस्तुत हुन मन लागिरहेको थियो। अब के भन्ने होला त?

एकैछिन सोचेर लेखेँ, ‘के भन्नु? आई एम इन म्याड्ली लभ विथ ह्याप्पी भन्नु?’

उसले मेरो यो हर्कतलाई चाहिँ ‘हावा’ उपनाम दिई। तर अर्को म्यासेज गरेर राति नै त्यसरै चिच्याउन स्वीकृति दिई।

‘हेत्तेरी। नगर भन्छौं कि भनेर साधेको त’

‘किन भन्थेँ नि मैले,’ लजाएको स्माइली सँगै आयो।

‘अपुई, मलाई फसाउन खोजेको?’

‘शुभ काममा ढिलो किन। लु, चिच्चाएर आई लभ यू भन्नु त!’

अब मैले कुरा टार्नु पर्ने भयो। के बाहना बनाउने भनेर सोचेँ। ‘तिम्ले सुन्ने गरी पो भन्छु, अरुले सुनेर के काम भयो र? तिमीलाई भेटेको दिन कान फुट्ने गरी भन्छु नि ल।’

‘हेरौँ है त।’

‘तर तिमी भेट्नै आउन्नौ।’

‘अब भेट्नु पर्छ समय आउँदै छ। हतार नगर्नु न।’

‘समय आफैं आउँदैन। समय त निकाल्नु पर्छ।’

‘म चाहिँ निकाल्दिनँ, आफैं आउँछ।’

ऊ त मेरो कुरा सुन्नेवाली नै थिएन। जिद्दीकी महारानी। होइन केटीहरु कुन कुन कुरामा र कुन हदसम्म जिद्दी गर्न सक्छन् हँ? मलाई ह्याप्पीको हर्कत देखेर कहिले उदेक लाग्थ्यो, कहिले माया लाग्थ्यो। कहिले आमाले जस्तै केयर गर्थी। त्यतिबेला उसले मेरो सबै जिम्मेवारी आफ्नै शीरमा लिएझैँ पनि लाग्थ्यो।

मैले फेरि भेट्ने प्रसंगलाई नै जोड दिइरहेको थिएँ, ‘मलतब तिमी मलाई भेट्न मन छैन भन्ने हो? तिमी मलाई भेट्न आउँदैनौँ?’

‘तपाई आउनु न मलाई भेट्न।’

‘हस्।’

मैले सँगै लेखेँ, ‘बेबी’

जवाफ आयो, ‘भन्नुस हजुर।’

‘आई वान्ट टू सी यू, आई वान्ट टू हग यू’

उसले त्यो म्यासेज हेर्न नै लामो समग लगाई। लाग्दै थियो। फेसबुकमा मसँग मात्र बोलिरेकी छैन। अथवा वाल हेरिरहेकी होला। अनि मैले आग्रह गरेँ, ‘बेबी कतै नजाउ न। एकछिन त हो, मसँग बोल न ल’

‘आई बेग यू।’

ती सबै म्यासेजको केही मिनेटपछि जवाफ आयो, ‘सरी।’

आजभोलि उसको मसँगै बोल्दै स्टाइल नै बदलिएको छ। सँधै अघि अघि म्यासेज गरेर मलाई दिक्कै लगाउन ऊ किन अहिले मेरो सवालको जवाफ मात्र दिइरहेकी छे।

त्यसमाथि उसले आजभोलि मलाई किन कुनै नयाँ कुरा भन्न चाहिरहेकी छैन। मेरो मनले यो शंका गर्न थालेकै धेरै दिन भएको छ।

जहिल्यैको त्यहि प्रश्न- आज के गर्‍यौँ। अनि जहिल्यैको उति उत्तर – केही गरिनँ।

प्रश्न– के गर्दै छौं, अनि उत्तर – बसिरको।

ह्याप्पीले पठाउने एक शब्दको उत्तरले मेरो मन कहिलेकाही विचलित बनाइदिन्छ। लाग्छ उसले मेरो म्यासेजको फगत् रिप्लाई मात्र दिइरहेकी छ। मसँग दिल खोलेर गफ गर्न चाहिरहेकी छैन।

यति सोच्दा सोच्दै मेरो मुटुले छातीमा घण्टा ठोक्न थालिसकेको थियो। वेदना सोहोरेर एक पेजको म्यासेज लेखेँ, ‘.... म मात्रै बकबक गरिरहेको छु जस्तो लाग्छ।’

जवाफलाई थप केही समय कुनु पर्‍यो, ‘ठिक छ बोल्नु न। आफ्नो मान्छेसँग बोल्दा बकबक गरेको हुन्छ र? हावा जस्तो के के सोच्नु हुन्छ के!’

‘अनि तिमी चाहिँ बोल्दिनौ त। मेरो म्यासेज बेवास्ता गरेर कता जान्छौं त?’ प्रश्न गरेँ।

उसँग उत्तर थिएन सायद। भनी, ‘धेरै गनगन नगर्नु है!’ सायद रिसाएकी थिई ऊ।

‘कति धेरै पर्खिनु पर्छ तिम्रो म्यासेज पाउन। एकैछिन त सबै कुरा बिर्सिएर ढुक्कले कुरा गर्न मन छ,’ मैले लेखेँ।

 ‘१० बजि राती निउँ न खोज्नु न प्लिज,’ उसले राति भएको जनाउँदै सायद आग्रह गरेकी थिई।

‘मसँग गर्नका लागि तिमीसँग कुनै कुरा छैन?’ मैले प्रश्न गरेँ। 

जवाफ आयो ‘खै!’

‘खै भन्या चाहिँ के नि?’

जवाफ त आएन। आउँदै आएन।

‘ओई’

‘बोल न प्लिज’

‘अब नबोल्ने’

‘२० मिनेट पनि नबोलेको?’

‘म पर्खिनु कि के गर्नु?’ मैले एकोहोरो म्यासेजको शृंखला छोडेँ।

‘छ्या हो यो मान्छेको म केही कुरै बुझ्दिनँ,’ आँखा तरेको स्माइलीसँग उसले लेखेकी थिई।

‘के बुझिनौ?’

‘ल ल म सुतेको, बिहान छिटै उठ्नु पर्ने छ। हिजो पनि ढिलो सुतेको,’ उसले गुनासो गरी। मैले 'हुन्छ' भनेँ। अनि लेखेँ – गुड नाइट।

मलाई निद्रा नै लागेको थिएन। केही छिन टिकटक चलाएर मेसेन्जरमै फर्किएँ। ऊ अझैसम्म अनलाइन नै थिई। त्यसैले टाइप गरेँ – स्विट ड्रिम। अनि पठाएँ।

‘सुत्ने भन्या होइन?’

‘हेल्लो’

‘मलाई सुत्छु भनेर फेरि के गरिराख्या हो?’

मैले आफैंलाई सोधेँ। मलाई कहिल्यै नढाँट्ने मान्छे सुत्छु भनेर किन नअलाइन नै बसिरहेको होला है। मैले राति नै भए पनि म्यासेन्जरमै कल गरेँ। तर उताबाटै काटियो।

यता मेरो मन दुई टुक्रा भयो।

‘बेबी, किन तिमी मलाई सँधै यस्तै गरिरहन्छौं?’

‘माया लाग्दैन हो मेरो?’

कुनै जवाफ नै आएन। एउटा प्रेमीलाई पर्खाएर कुन प्रेमिकाले बेवास्ता गर्न सक्छे। के ऊ मेरी पहिलेकै ह्याप्पी हो? जो मसँग बोल्न पाउँदा सबै थोक बिर्सिन्थेँ। उसलाई आज के भइरहेको छ?

मैले आफैंलाई सोधर जवाफ पाउनेवाला पनि त थिइनँ। त्यसैले मोबाइलमा उसको नम्बर निकालेँ। डायल गर्नुअघि कल हिस्ट्रीमा मेरा नजर पुग्यो। फोन त आजबाट मात्र होइन। १४ दिन अघिबाट उठेकै रहेनछ।

मैले आज पनि फोन नउठाएपछि सोधेको थिएँ, ‘किन?’

‘म खाजा खाँदै थिएँ, ममीहरु त्यहीँ हुनुहुन्थ्यो। अनि रिसिभ गरिनँ,’ सदाझैँ उसको आजको बाहना पनि तयार रहेछ। तर जवाफ आउनलाई दुई घण्टा लाग्यो।

उसलाई फोन नउठाउने बाहना हुन्थ्यो। तर फोन उठाउने कुनै जोस किन हुँदैन? के लामो दुरीका सबै प्रेमिकाहरु यस्तै हुन्छन त?

‘यति बाहना बनाउन पनि दुई घण्टा लागेको, दिमाग त मान्नै पर्छ के हजुरको,’ रिप्लाईमा भनेको थिएँ। फेरि ढिलो गरेर उताबाट आयो – ‘ल्या!’ रिप्लाई सँगै थियो आँखाँ टेँडो पारेको इमोजी।

‘यो रिप्लाई पनि ढिलो है,’ मैले गनगने पारामा लेखेको थिएँ।

‘हो सरकार हो,’ जवाफ आएको थियो।

१४ दिनबाट नउठेको फोन आज उठ्ला र? नउठ्ने फोन गर्ने कुरा पनि त भएन। मैले फोन गरिनँ। मेसेन्जरमा जवाफ आएन।

आफ्नै मन गह्रौँ बनाएर मैले उसलाई सामाजिक सञ्जालबाट ब्लक गरिदिएँ। उसँग कुरा गर्ने सामाजिक सञ्जाल नै त माध्यम थिए। तर, उसले कुरा गर्न नचाहेपछि मेरो के लाग्यो र?

उसलाई मेरो माया लाग्ने रहेछ भने कल आउला नि। त्यसैले नम्बर चाहिँ ब्लक गर्न सकिनँ। तर आएन। एक दिन आएन। दुई दिन आएन। तीन दिन आएन....। आएन।

दिनहरु बित्दै जान थाले। नभन्दै भ्यालेन्टाइन सप्ताह सुरु भयो। उसले सम्पर्क नगरे पनि मलाई त उसको माया लाग्छ नि। अनि आफैं फेसबुकमा अनब्लक गरेँ।

लेखेँ, ‘हाई, आज रोज डे।’ सायद उसले फेसबुक चलाइरहेकी थिइन। जवाफ आएन।

मोबाइलको म्यासेजमा आँशु झार्दै गरेका तीन इमोजी पठाएँ। बेलुका साँझमा रिप्लाई आयो। ‘ब्लक गरेको होइन? फेरि यो के नाटक,’ शब्दहरु रिसले भरिएका थिए।

‘फोन पनि उठाउन छोड्यौ। रिप्लाई नि आउन छोड्यो। अनि मलाई पनि त चित्त दुख्छ नि,’ मैले जवाफमा लेखेँ।

‘मलाई बोल्न मन छैन। फोन नगर्दा हुन्छ। यति भन्दा त बुझ्नु हुन्छ होला नि सर,’ गह्रौँ अक्षरका शब्दवाण मोबाइलमा देखिए।

‘मलाई अस्ति कति धेरै बोल्न मन थियो। तिमी किन बोलिनौ मसँग,’ मैले सोधेँ।

तर जवाफमा उसले भनी, ‘अब नम्बर पनि ब्लक गरे हुन्छ।’

सोचेँ, धेरै रिस उठाएछु। उसो त उसले पनि त मलाई धेरै सताएकी थिई नि। दुवै बराबरी भएन र? तर मायामा कहाँ त्यस्तो हुन्छ र? यसमा त एक अर्कालाई सम्मान पो दिइन्छ त।

अब फकाउन धेरै नै कसरत चाहिने वाला रहेछ। मलाई लाग्यो।

साँझभर फकाउने प्रयास गरिरहहेँ। तर असफल। बरु उसकै रिस पो उकालो चढिरहेको थियो।

‘मलार्इ बोल्न मन छैन’ उसका अक्सर म्यासेज यस्तै हुन थाले। रोज डे मात्र होइन बाँकी दुई दिन पनि त्यसैगरी बित्यो।

धेरै मेहेनेतपछि मैले उसलाई भनेँ, ‘तिम्रो माया बढ्दै गएको छ सानु।’

‘म जीवनमा धेरै अघि बढिसकेँ। मलाई डिस्टर्ब नगर्दा नै ठिक हुन्छ,’ उसका यी शब्दहरु मेरो मनमा काँडा भएर बिज्यो।

मैले त्यसको जवाफ के दिन्थे हुँला? आँखामा आँशु भरिएका थिए। तर उसलाई कसरी देखाउने। मोबाइलको किबोर्डमा देखाउने त्यही आँशु भएको इमोजी पठाएँ।

‘गुडनाइट, गुडमर्निङ, ह्याभ अ गु डे,’ यस्तै म्यासेजले उसलाई बोलाउने कोसिस गरिरहेको हुन्थेँ। तर जवाफ आएन।

हरेक दिन केही न केही कुरामा रिसाइरहन्थी। उसलाई फकाउनु मेरो आदत नै भइसकेको थियो। उसलाई फाउनु मलाई बानी परिसकेको थियो। 

म यस्तो म्यासेजको खोजिमा थिएँ, जसले उसको मन छुनेछ। अनि उसलाई मैले गरेको मायाको आभास हुनेछ।

म उसलाई हाम्रा पहिलेका कुरा लेखेर बुझाउने कोसिस गर्थेँ। तर उसको ओठमा मुस्कान फर्काउनु मेरो निम्ति सबैभन्दा जटिल काम बनेर आयो। अहँ मैले सकिनँ। चार दिनको प्रयासछि म थाकेँ।

‘मलाई नबोलाउनु। म यत्तिकै ह्याप्पी छु।’ जसलाई मैले ह्याप्पी नाम दिएको थिएँ ऊ आज म बाहेक नै ह्याप्पी छे। यो कस्तो विडम्बना?

उसका कुराले मोबाइल समाइरहेका मेरा हातहरु काँप्न थाले। म भावशून्य भएँ। दिमागले काम गर्न छोडेजस्तो भयो। मन चिसो भयो। माघको जाडोमा म सिरकभित्र गुटुमुटिएँ। मलाई सबैभन्दा मनपर्ने यो बेड पनि पराई जस्तो लाग्न थाल्यो।

मनलाई सम्हालेर लेखेँ, ‘बरु मलाई मनमा लागेका सबै गाली गर न प्लिज। एकपटक फोन उठाउ न।’

‘मलाई मन छैन, सो प्लिज... ब्लक गर्नु नपरोस्,’ चेतावनी पो आयो।

लै, त खत्तमै भयो। यहाँभन्दा बर्बाद कहाँ हुन्छ होला र? अब मैले गर्न सबै प्रयास असफल भएका थिएँ। म प्रेममा पूर्ण रुपमा विफल हुँदै थिएँ। त्यो क्षण कहालिलाग्दो छ।

उसले मलाई माया नसरेर के भयो त। म त उसलाई माया गरिरहन्छु नि। ‘जति वर्ष लागे पनि म तिमीलाई पर्खिरहने छु है। तिम्रो मायामा कमी हुने छैन,’ मायामा आशा मरेपछि मैले अन्तिम म्यासेज गरेँ।

‘स्टप इट यार, मलाई रिस उठिसक्यो,’ उसको यो मनलाई जलाइरहने आवाज बनेर मेरो मन मा गढिएको छ। यो आलो घाउ मनमा रहँदै आज सारा दुनियाँ भने भव्यताका साथ प्रेमीहरुको चाड भ्यालेन्टाइन डे बनाउँदै छ। तर मेरी प्रेमिका मसँग छैन।

उसका याद मनभरि छन्। दिमागभर उसकै तस्विरहरु खेलिरहन्छन्। जब एकान्तमा हुन्छु, मनले उसलाई कल्पिहरन्छ। त्यहि एउटा प्रेमदिवस उसकै लागि समर्पण गरेको छु।

मैले आज भ्यालेन्टाइनमा सम्झिएँ। सायद म्यासेज नगरेको भए हुने थियो। तर मैले दुस्साहस गरेँ।

अनि लेखेँ, ‘ह्याप्पी भ्यालेन्टाइन डे।’ अहिलेसम्म उसको जवाफ आएको छैन। र, कामना गर्छु त्यसको जवाफ नआओस्। यदि जवाफ आयो भने फेरि मेरो मनले अर्को पेचिलो प्रहारको सामना गर्नु पर्नेछ।

प्रकाशित: Feb 14, 2022| 15:39 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...