बुधबार, असार ३१, २०८३

सलाह र माने अभ्यासमा फर्किए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी-लिभरपुलका स्टार मोहम्मद सलाह र सडियो माने नयाँ सिजनको लागि टोलीको अभ्यासमा फर्केका छन् । सलाहले इजिप्ट र मानेले सेनेगलकातर्फबाट विश्व कपमा सहभागी भएकाद्वय केहि समयको विश्रामपछि अभ्यासमा फर्केका हुन् । 

यसबीच, क्लबको जर्सी नम्बर १० अब मानेले लाउने पक्का भएको छ । यसअघि सो नम्बर फिलिप्पे काउटिन्हाले लगाउने गर्थे । मानेले भने १९ नम्बर जर्सीले लगाउने गर्थे । काउटिन्हो पछिल्लो सिजन बार्सिलोना पुगेका थिए । 

अमेरिकामा लिभरपुलले बोरुसिया डर्टमन्ड, प्रिमियर लिग प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । पछिल्लो सिजन उच्च प्रदर्शन गरेका सलाहले सबै प्रतियोगितामा गरि ५२ खेलमा ४४ गोल गरेका थिए ।
 
मानेले २९ प्रिमियर लिग खेलमा १० गोल गर्नुका साथै ७ गोलमा एसिस्ट गरेका थिए । लिभरपुलले नयाँ सिजनका लागि रोमाबाट गोलकिपर एलिसनबाट ६५ मिलियन पाउन्डमा अनुबन्धन गरेको छ । यो कुनै गोलकिपरलाई एउटा क्लबले खर्च गरेको यो अहिले सम्मकै सर्वाधिक रकम हो । 

त्यस्तै मोनाकोबाट फाविन्होलाई ४३ मिलियन पाउन्ड र साकिरीलाई स्टोकबाट १३.५ मिलियन पाउन्डमा भित्राइएको थियो । प्रिसिजनमा लिभरपुलले ४ वटा मैत्रीपूर्ण खेल खेलिसकेको छ, जसमा टोली अपराजित रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।