आइतबार, मंसिर ७, २०८२

लामा टेन्डी स्मृति बास्केटबलको तयारी पूरा

प्रतियोगिता सोमबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदै छ। नेपाल बास्केटबल संघकै आयोजनामा हुन लागेको प्रतियोगितामा पुरुषतर्फ १३ टिम मात्र सहभागी हुने भएका छन्।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपाल बास्केटबल संघका अध्यक्ष स्व. लामा टेन्डी शेर्पाको सम्झनामा हुन लागेको लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको प्रतियोगिता संयोजक विकास शाहीले जनाएका छन्। प्रतियोगिता सोमबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदै छ। नेपाल बास्केटबल संघकै आयोजनामा हुन लागेको प्रतियोगितामा पुरुषतर्फ १३ टिम मात्र सहभागी हुने भएका छन्। यसअघि १४ टिम सहभागी हुने भनिएकोमा बंगालादेशको नेभी टिम नआउने आयोजकले जनाएको छ। सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने छ।

महिलातर्फ भने पाँचै टिमको सहभागीता रहने छ। राउन्ड रविन लिगका आधारमा हुने स्पर्धामा शीर्ष दुई स्थानमा रहने टिमले उपाधिका लागि पुनः प्रतिस्पर्धा गर्ने छन्।

पहिलो दिन तीन खेल हुनेछन्। पुरुषको २ र महिलाको १ खेल हुनेछन् । उद्घाटन खेलमा पुरुषतर्फ बीएमके र कीर्तिपुर नगरपालिकाले प्रतिस्पर्धा गर्ने छन्। पुरुषमै अर्को खेल ड्रिम टिम र शंकरदेव क्याम्पसबीच हुने छ। महिलामा ललितपुर हाइ र रोयल बास्केटबल एकेडेमीले खेल्ने छन्। फाइनल फागुन १२ गते हुने छ।


प्रकाशित: Feb 13, 2022| 20:03 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।