बुधबार, असार ३१, २०८३

हार्जाड भित्र्याउन रियलको जोड : नेयमार पिएसजी नछाड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–अन्तराष्ट्रिय सञ्चार मध्यम अनुसार रियल म्याड्रिड चेल्सीका एडेन हाजार्ड भित्राउन नजिक रहेको बताइएको छ । रियलले आफ्ना सुपरस्टार क्रिस्टियानो रोनाल्डो गुमाएपछि ट्रान्सफर विन्डोमा उनको विकल्पको खोजीमा रहेको छ । 

रियल म्याड्रिडले पिएसजीका नेयमार र किलियन बाप्पेलाई भित्राउन प्राथमिकतामा राखे पनि दुवैले यस सिजनका लागि आफू पेरिसमा रहने बताएका छन् । हाजार्डले भने केही सिजनदेखि रियल म्याड्रिड जाने चाहना व्यक्त पनि गरिरहेका छन् । 

विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै सिल्भर बल (दोस्रो उत्कृष्ट खेलाडी) को उपाधि जितेका हाजार्डले प्रतियोगितामा आफ्नो क्षमता देखाइसकेका छन् । बेल्जियन मिडियाहरुका अनुसार रियलले उनलाई १ सय ९० मिलियन युरोसम्म खर्चिन सक्ने छ । 

चेल्सीका अहिलेका प्रशिक्षक मारिजियो सारी भने हाजार्डलाई चेल्सीमै राख्न चाहेको बताएका छन् । विश्वकपमा बेल्जियमलाई तेस्रो स्थानमा पुर्‍याएपछि हाजार्डले नयाँ चुनौतीतिर आफ्नो नजर रहेको बताएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।