आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • दुवै टिमले कमजोर प्रदर्शन गरेको खेलमा एनआरटी र हिमालयन शेर्पाको बराबरी

दुवै टिमले कमजोर प्रदर्शन गरेको खेलमा एनआरटी र हिमालयन शेर्पाको बराबरी

जारी ‘ए’ डिभिजन लिगको मिडिल टेबलमा अब्बल हुनका लागि प्रतिस्पर्धा गरिरहेका हिमालयन शेर्पा र न्युरोड टिम (एनआरटी) ले आइतबार दशरथ रंगशालामा गोलरहित बराबरी खेलेका छन्।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं– जारी ‘ए’ डिभिजन लिगको मिडिल टेबलमा अब्बल हुनका लागि प्रतिस्पर्धा गरिरहेका हिमालयन शेर्पा र न्युरोड टिम (एनआरटी) ले आइतबार दशरथ रंगशालामा गोलरहित बराबरी खेलेका छन्।

National life

तीन अंकको लक्ष्यसहित मैदानमा उत्रिएका हिमायन शेर्पाले एनआरटीको तुलनामा धेरै अवसर बनायो। तर गोल गर्न चाहिँ सकेन। खेलको ८० औं मिनेटमा अट्याकिङ थर्डमा शेर्पाले केही राम्रो मुभ बनाए पनि गोल गर्न असफल रह्यो।

खेलपछि बोल्दै हिमालयन शेर्पाका प्रशिक्षक युगल किशोर राईले दुवै टिमले सोचेअनुसार खेल्न नसकेको बताएका छन्। उनले भने, ‘एनआरटी बलियो टिम हो तर आज कुन टिमसँग खेल्दैछौं भन्ने गरिको उसले प्रदर्शन गरेन। हामी पनि प्रदर्शनको हिसाबले सफल भएनौँ। उसको खेल सोचेअनुसारको नभएपछि हाम्रो पनि त्यस्तै भयो।’

निर्धारित समयको एक मिनेटअघि शेर्पाका त्रिदेव गुरुङले पोस्टको सही दिशामा प्रहार गर्न सकेनन्। उनले नै इन्ज्युरी समयमा गरेको प्रहार गोलकिपर अजित प्रजापतिले मैदानबाहिर पठाइदिएका थिए। हिमालयन शेर्पाका प्रशिक्षक राईले भने, ‘अवसर पाए पनि स्कोर भएन। विपक्षीको प्रदर्शनमा पनि फेरबदल भएको थियो। राम्रो खेले जस्तो लागेन, त्यसका लागि धन्यवाद। म मेरो टिमदेखि सन्तुष्ट छु। हामीले आज गोल हान्न पनि सकेनौं, त्यो निकै नराम्रो भयो।’

आइतबारको खेलमा आशीष गुरुङ म्यान अफ दि म्याच बने। पछिल्ला चरणहरुमा आक्रामक खेल खेलिरहेको एनआरटीले भने आज खेल लय कायम गर्न सकेन। खेलपछि एनआरटीका प्रशिक्षक राजु काजी शाक्यले धेरै समय पछि खेलेका कारण तालमेल नमिलेको बताएका छन्। उनले भने, ‘धेरै ग्यापपछि पहिलो खेल खेलेको तालमेल मिलेन। सोचेको जस्तो खेल्न सकेनौं। शिव गुरुङको डबल यल्लो भएर नखलेकोको अशोक र विक्रम पनि इन्ज्योर्ड भएको कारण आज तालमेल नमिलेको हो कि जस्तो लाग्यो।’

Laxmi sunrise bank
kumari

एनआरटीले लिगमा अहिलेसम्म १० खेलमा तीन जित निकालेको छ भने पाँच खेलमा बराबरी गरेको छ। यता हिमालयन शेर्पाले अहिलेसम्म समान तीन जित निकालेको छ भने दुई तीन नै बराबरी गरेको छ। १४ अंक बनाएको एनआरटी तालिकाको छैटौं स्थानमा कायम  छ भने १२ अंक बनाएको शेर्पा पनि आठौं स्थानमा यथावत् छ।

‘एक अंक पनि राहत भयो १२ भनेको गणीतिय हिसाबले गाह्रो छ,’ राईले भने। आजकै दोस्रो खेलमा संकटा क्लबले संकटाको सामना गर्नेछ।


प्रकाशित: Feb 13, 2022| 15:29 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।