शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • दशौं चरणका अन्तिम दुई खेल : ‘मिडिल टेबल’मा मा पेचिलो प्रतिस्पर्धा

दशौं चरणका अन्तिम दुई खेल : ‘मिडिल टेबल’मा मा पेचिलो प्रतिस्पर्धा

सहिद स्मारक ए डिभिजन लिगको १०औं चरणको खेल आज सकिँदैछन्। आजको दुवै खेलमा मिडिल टेबलमा प्रतिस्पर्धा गर्ने टिमहरूले खेल्दैछन्।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको १०औं चरणको खेल आज सकिँदैछन्। आजको दुवै खेलमा मिडिल टेबलमा प्रतिस्पर्धा गर्ने टिमहरूले खेल्दैछन्।

आइतबार दशरथ रंगशालामा पाँचौँ स्थानको संकटा, छैटौँ स्थानको न्यु रोड टिम (एनआरटी)  आठौँ स्थानको हिमालयन शेर्पा र नवौँ स्थानको एपीएफ फुटबल क्लबले प्रतिस्पर्धा गर्दैछन्।

दिउँसो १ बजे हुने खेलमा एनआरटीले हिमालयन शेर्पाको सामना गर्नेछ। लिगको सुरुबाटै चौथो स्थानको लागि प्रतिस्पर्धा गरिरहेको एनआटीको लक्ष्य बदलिएको छैन। 

यता हिमालयन शेर्पा क्लबका प्रशिक्षक युगल किशोर राई पनि एनरआटीविरुद्ध राम्रो तयारी गरेको बताउँछन्।

उनले भने, ‘तयारी राम्रो छ। टेबल हेर्ने हो भने एक मिस हुने मै सबै टिम तल जाने स्थिति छ। छ स्थानदेखि तलको टिमलाई गाह्रो छ। अन्तिम समय १० मा लिग सकेका थियौं। पछिल्लो ब्रेकले खेलाडी फ्रेस भएका छन्। मैदान पनि राम्रो छ। टिममा चोट लागेका खेलाडी खास छैनन्। एक जनालाई चोट लागे पनि बाँकी ठिक छन्।’

kumari

दशरथ रंगशालामै दिउँसो पौने पाँच बजे सुरु हुने खेलमा एपीएफले संकटा क्लबको सामना गर्नेछ। एपीएफले पछिल्लो समयमा पोखरामा आहा रारा गोल्डकपको उपाधि जितेको छ।

सो उपाधिले उसलाई थप प्रेरणा दिएको क्लबका सहायक प्रशिक्षक रत्न काजी महर्जन बताउँछन्। ‘हाम्रो टिम दैनिक राम्रो हुँदैछ। संकटा क्लबविरुद्धको खेलका लागि तयारी राम्रो छ। खेलाडीको मनाबल पनि उच्च छ। यो वर्ष हामीले पहिलो पटक आहा राराको उपाधि पनि जित्यो। खेलाडी मोटिभेट छन्,’  उनले भने।

पछिल्ला खेलहरूको कुरा गर्ने हो भने एपीएफले १३ मा १० खेल हारेको छैन। त्यसले पनि उसलाई ऊर्जा थपेको छ। खेलाडीमा जित्न सक्छौं भन्ने प्रेरणा आएको छ। अब एपीएफ चार देखि आठौँ स्थान भित्र रहने कोसिसमा छ।

यता संकटाले पछिल्लो खेलमा थ्रीस्टारसँग हार बेहोरेपछि उसले तेस्रो स्थान गुमाउनु परेको थियो। लिगमा अपराजित संकटाले धेरै जित निकाल्न नसके पनि बराबरी खेलिरहेको छ।

यो सिजनको लिगमा पहिलो हार बेहोरेपछि ब्रेक सुरु भयो। ब्रेकमा संकटाका प्रशिक्षक विष्णु गुरुङले दोस्रो सहायक प्रशिक्षकको रूपमा राष्ट्रिय टिममा पनि काम गरिसकेका छन्। उनी बाँकी खेलमा जित निकाल्दै गुमेको स्थान फिर्ता गर्ने लक्ष्यमा हुनेछन्।

प्रकाशित: Feb 13, 2022| 09:58 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।