शुक्रबार, फागुन २२, २०८२

आईपीएलमा फेरि बिकेनन् सन्दीप लामिछाने

इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दीप लामिछाने अनसोल्ड भएका छन्। ४० लाख आधार मुख्य राखेर आईपीएल अक्सनमा समावेश भएका सन्दीप शनिबार राति अनसोल्ड भएका हुन्।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काडमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दीप लामिछाने अनसोल्ड भएका छन्। ४० लाख आधार मुख्य राखेर आईपीएल अक्सनमा समावेश भएका सन्दीप शनिबार राति अनसोल्ड भएका हुन्।

यसअघि तीन सिजन आईपीएल खेलेका सन्दीपले भर्खरै मात्र नेपाली टिमको कप्तानीको जिम्मेवारी पाएका छन्।

उनले, सन् २०१८, २०१९ र २०१० को आईपीएल दिल्ली क्यापिटबलबाट खेलेका थिए। त्यसपछि दिल्लीले उनलाई रिजिज गरेको थियो। सन् २०१८ को अक्सनमा २० लाख भारुमा दिल्लीमा आबद्ध भएका उनले २०२१ को अक्सनमा पनि सोही मूल्यमा आफ्नो नाम दर्ता गराएका थिए।

तर, अघिल्लो वर्ष भएको अक्सनमा पनि उनलाई कुनै क्लबले अनुबन्ध गरेनन्। यो वर्ष आईपीएलमा दुई क्लब थपिएर क्लबको संख्या १० पुगेको छ। यो वर्ष सन्दीप बिक्ने आकलन गरिएको थियो।

उनका लागि अक्नसनर चारु शर्माले अतिरिक्त समय पनि प्रदान गरेका थिए। तर उनी कुनै टिमको नजरमा परेनन्।

kumari

लामिछाने अहिले नेपाली टिमको नेतृत्व गर्दै विश्वकपको ग्लोबल छनोटको तयारीमा ओमनमा छन्।

त्यहाँ नेपालले चार देशीय सिरिज खेलिरहेको छ। उनको नेतृत्वमा नेपालले एक खेलमा जित निकालेको छ भने अर्को खेलमा हार बेहोरेको छ।

प्रकाशित: Feb 13, 2022| 09:23 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।