शुक्रबार, फागुन २२, २०८२

ला लिगाः एट्लेटिकोको नाटकीय जित, रियलले गोल गर्न सकेन

स्पेनिस शीर्ष डिभिजनको फुटबल लिग ला लिगामा एट्लेटिको मड्रिडले गेटाफेविरुद्ध नाटकीय जित जित निकालेको छ।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं- स्पेनिस शीर्ष डिभिजनको फुटबल लिग ला लिगामा एट्लेटिको मड्रिडले गेटाफेविरुद्ध नाटकीय जित जित निकालेको छ। एक समय २–३ गोलले पछि परेको अवस्थाबाट एट्लेटिकोले ४–३ गोलको जित निकालेको हो।

एट्लेटिकोको जितका लागि एन्जल कोरियाले दुई गोल गरे। त्यस्तै, माथ्थिउस कुन्ह्वा र मालियो हेमोसोले पनि समान १–१ गोल गरेका थिए।

कोरियाले खेलको १९औं मिनेट र पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेका थिए। त्यस्तै खेलको २७औं मनेटमा कुन्ह्वाले गोल गरेपछि एट्लेटिकोले २–० गोलको अग्रता बनाएको थियो। त्यसपछि गेटाफेले लगातार तीन गोल फर्कायो।

३०औं मिनेटमा बोर्जा मयोरलले गोल गरे भने पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै एनिस उनले ३७औं र ४२औं मिनेटमा गोल गरेका थिए। यससँगै सुरुआति अग्रता बनाएको एट्लेटिको ३-२ ले पछि परेको थियो।

तर, पहिलो हाफको इन्ज्यसरी समयमा कोरियाले गोल गरेपछि खेल ३-३ को बराबरीमा पुगेको थियो।

kumari

दोस्रो हाफको ५८औं मिनेटमै एट्लेटिकोका फिलिपेले रातो कार्ड बेहोरे। यससँगै घरेलु टिम १० खेलाडीमा समेटिएको थियो। १० खेलाडीमा समेटिएको टिमका हेर्मोसाले निर्धातिर समयको एक मिनेटअघि गोल गर्दै एट्लेटिकोलाई जित दिलाएका थिए।

शनिबार रातिकै अर्को खेलमा रियल मड्रिडले भिल्ला रियलसँग गोलरहित बराबरी गरेको छ। लिगको शीर्षस्थानमा रहेको रियलले ५७ प्रतिशत बलमा नियन्त्रण बनाए पनि गोल गर्न सकेन।

यो बराबरीसँग रियलले २४ खेलबाट ५४ अंक जोडेको छ। ऊ दोस्रो स्थानको सेभियाभन्दा चार अंकले अघि छ। ३९ अंक बनाएको एट्लेटिको चौथो स्थानमा छ भने भिल्ला रियल ३६ अंकका साथ छैटौं स्थानमा छ। गएरातिकै खेलमा ओसासुनाले रायो भालोकानोलाई हराएको थियो।

प्रकाशित: Feb 13, 2022| 08:46 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।