काठमाडौं- इंग्लिस प्रिमियर लिग(ईपीएल) मा लिगलिडर म्यानचेस्टर सिटी र एभर्टनले जित निकालेका छन्।
नर्विच सिटीको मैदानमा शनिबार राति सम्पन्न खेलमा सिटीले घरेलु टिम नर्विचविरुद्ध ४–० गोलको जित निकालेको हो।
सिटीको जितका लागि रहिम स्टारर्लिङले ह्याट्रिक गरे। उनले खेलको ३१, ७० र अन्तिम मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। त्यस्तै, अर्को एक गोल भने फिल फोडेनले खेलको ४८ औं मिनेटमा गरे।
यो जितसँगै सिटीले लिग तालिकामा १२ को अग्रता बनाएको छ। दुई खेल कम खेलेको लिभरपुल ५१ अंकका साथ दोस्रो स्थानमा छ। गएराति पराजित नर्विच भने रेलिगेसन क्षेत्रमा छ।
शनिबारकै अको खेलमा एमर्टनले लिड्सु युनाइटेडलाईं ३–० गोलले हराएको छ।
एभर्टनको जितका लागि सिमस कोलेमन, मिचेल किन्सर एन्थोनी गोर्डोनले गोल गरे। यो जितसँगै एभर्टनले २२ अंक बनाएको छ भने हारका बाबजुद लिड्सको २३ अंक छ।