शनिबार, असार २०, २०८३

म्यानचेस्टर सिटीको सानदार जितमा स्टार्लिङको ह्याट्रिक

इंग्लिस प्रिमियर लिग(ईपीएल) मा लिगलिडर म्यानचेस्टर सिटी र एभर्टनले जित निकालेका छन्।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं- इंग्लिस प्रिमियर लिग(ईपीएल) मा लिगलिडर म्यानचेस्टर सिटी र एभर्टनले जित निकालेका छन्।

नर्विच सिटीको मैदानमा शनिबार राति सम्पन्न खेलमा सिटीले घरेलु टिम नर्विचविरुद्ध ४–० गोलको जित निकालेको हो।

सिटीको जितका लागि रहिम स्टारर्लिङले ह्याट्रिक गरे। उनले खेलको ३१, ७० र अन्तिम मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। त्यस्तै, अर्को एक गोल भने फिल फोडेनले खेलको ४८ औं मिनेटमा गरे।

यो जितसँगै सिटीले लिग तालिकामा १२ को अग्रता बनाएको छ। दुई खेल कम खेलेको लिभरपुल ५१ अंकका साथ दोस्रो स्थानमा छ। गएराति पराजित नर्विच भने रेलिगेसन क्षेत्रमा छ।

शनिबारकै अको खेलमा एमर्टनले लिड्सु युनाइटेडलाईं ३–० गोलले हराएको छ। 

एभर्टनको जितका लागि सिमस कोलेमन, मिचेल किन्सर एन्थोनी गोर्डोनले गोल गरे। यो जितसँगै एभर्टनले २२ अंक बनाएको छ भने हारका बाबजुद लिड्सको २३ अंक छ।

प्रकाशित: Feb 13, 2022| 08:25 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।