शुक्रबार, फागुन २२, २०८२

चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि

पाल्मरीसलाई हराउँदै चेल्सीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको छ।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं– पाल्मरीसलाई हराउँदै चेल्सीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको छ। अबुधाबीमा शनिबार राति सम्पन्न खेलमा चेल्सीले अतिरिक्त समयमा २–१ को जित निकाल्दै उपाधि जितेको हो।

चेल्सीलाई उपाधि दिलाउन रोमेलु लुकाकू र केई हभाट्सले गोल गरे। निर्धारित ९० मिनेटसम्म १–१ को बराबरी भएपछि खेलको ११७औं मिनेटमा चेल्सीले पेनाल्टीको अवसर पाएको थियो। केई हभाट्सले पेनाल्टीमा गोल गरेपछि चेल्सीले उपाधि जित्यो।

त्यसअघि खेलको ५५ औं मिनेटमा लुकाकूले चेल्सीलाई अग्रता दिलाएका थिए। ६४औं मिनेटमा पाल्मेरिजले पेनाल्टीको अवसर पाएपछि कावालकन्टीले खेल बराबरी गरेका थिए।

शनिबार जित निकालेपछि चेल्सीका प्रशिक्षक थोमस टुचेलले यो जित क्लबका मालिक रोमन अब्राहमोविचलाई समर्पण गरेका छन्। ‘यो उनको लागि हो। यो उनको उपाधि हो भन्नेमा कुनै शंका नै छैन,’ उनले भने।

उनले अगाडी भने,‘उपाधि जितेपछि हामीले मैदानमा भेट गर्‍यौँ। उनले बधाई दिए, मैले पनि बधाई छ यो तपाईँको क्लबको र तपाईँको उपाधि हो। तपाईँको शोखले यो भयो र म यसको एक पात्र हुन पाएँ।’

kumari

शनिबार राति नै सम्पन्न तेस्रो स्थानको खेलमा भने अल अहिलीले अल हिलालीलाई ४–० गोलले हराएर तेस्रो स्थान पक्का गरेको छ।

प्रकाशित: Feb 13, 2022| 08:10 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।