बिहीबार, कात्तिक ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

महन्थको प्रश्‍न- एमसीसीको विरोधमा गर्नेहरु बीआरआईमा किन मौन?

एमसीसीलाई लिएर नेपालका राजनीतिक दलहरु दुई कित्तामा रहेको समयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु एमसीसीको पक्षमा अडान दोहर्‍याएका छन्।
 |  शनिबार, माघ २९, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

जनकपुरधाम - एमसीसीलाई लिएर नेपालका राजनीतिक दलहरु दुई कित्तामा रहेको समयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु एमसीसीको पक्षमा अडान दोहर्‍याएका छन्। 

triton college

एमसीसीलाई माध्यम बनाएर विदेशी हस्तक्षेप बढ्ने शंका उपशंकाका बीच लोसपाका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विशुद्ध विकासमुखी कार्यक्रम रहेको दाबी गरेका छन्। उनले एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत नभएर नेपालको विकासका लागि सहायकसिद्ध हुने दाबी गरेका हुन्। उनले भने ‘यो परियोजना अन्तर्गत नेपालमा अमेरिकी सेना नआउने स्पष्ट भइसकेको छ, कुनै सैनिक संगठनसँग पनि यो परियोजनाको सम्बन्ध होइन।’ 

यो परियोजनाबाट आउने रकम केमा लगानी गर्ने त्यस विषयमा समेत नेपालका विज्ञहरूले प्रतिवेदन दिइसकेको र अनुदान रकम सडक तथा विद्युतमा मात्रै खर्च हुने भएकाले यसमा शंकाको कुनै ठाउँ नरहेको उनको भनाई थियो। 

एमसीसीको पक्षमा लोसपा अध्यक्ष ठाकुर बोलिरहँदा चिनको बीआरआई (बेल्ट एन्ड रोड इनिसियटिभ) प्राजेक्टविरुद्ध भने खनिएका थिए। ठाकुरले भने, ‘एमसीसीको विरुद्धमा बोल्नेहरु चीनको बीआरआई प्रोजेक्टको विषयमा किन चुप छन्?’ बीआरआईका लागि कहाँबाट कसरी ऋण आउन लागेको छ? ब्याज कति प्रतिशत लाग्छ? त्यो पनि सबैलाई थाहा छ,' ठाकुरले भने, 'तर, बीआरआईबारे कोही बोल्दैनन्। एमसीसीमार्फत अनुदान आउँदा त्यसमा केको विरोध? केको हस्तक्षेप?'

यता लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले समेत एमसीसीको पक्षमा वकालत गर्दै एमसीसी देशको हित र पक्षमा रहेको दाबी गरेका छन्। १० वर्ष अगाडी नेपाल सरकार स्वयंले विकासको योजना माग गरेपछि अमेरिकी सरकारले एमसीसी परियोजना नेपालमा आउन लागेको भण्डारीले स्पष्ट पारेका थिए। उनले भने, ‘यो १० वर्षको अवधिमा जति सरकार बने ती सबै सरकारले एमसीसीको प्रक्रिया अगाडि बढाए।’ भण्डारीले एमसीसी संसदबाट पास होस त्यो अमेरिकी सर्त नभएर नेपाल सरकारकै सर्त रहेको खुलासा गरे। उनले भने, ‘आफैंले त्यो सर्त राखेपछि स्वभाविक हो त्यो पूरा गर्नुपर्छ, अहिले आएर त्यो कसरी राष्ट्रघाती भयो?’

Metro Mart
vianet

भण्डारीले एमसीसीबाट देशको विकास हुने दाबी गर्दै त्यो परियोजना संसद्‌बाट पास हुन नदिनुमा सबैभन्दा ठूलो बाधक सभामुख स्वयं रहेको आरोप लगाए। उनले भने, ‘खेलाडीहरु बाहिर खेलका लागि तयार छन्, तर तर संसद्‌को रेफ्री सभामुख भने खेल नै सुरु गर्न चाहिरहेका छैनन्।’ 

जुन रेफ्री वा अम्पायर खेल सुरु गर्न चाहँदैनन् त्यस्ता रेफ्री वा अम्पायरलाई हटाउनु नै उत्तम हुने भण्डारीको भनाई थियो। तर खेल अवश्य सुरु हुने दाबी गर्दै उनले यो परियोजना संसद्‌बाट पास भएर रहने दाबी गरे। 

एक अर्को प्रसंगमा भण्डारीले आफैं दलको नाम विदेशी नाम राखेर मधेश केन्द्रित दलहरुलाई विदेशीले बनाई दिएको अभिव्यक्ति दिनु हास्यास्पद रहेको भन्दै भण्डारीले आक्रोश व्यक्त गरे। 

शुक्रबार एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेश केन्द्रित दल विदेशीहरुले बनाइ दिएको भन्‍ने अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्तिप्रति आक्रामक रुपमा प्रस्तुत भएका भण्डारीले भने, ‘४ महिना अगाडि आफैं एमसीसीको प्रक्रिया अगाडी बढाउन समय माग्ने र पत्र बाहिरिएपछि त्यसको प्रचार हुँदा मधेश केन्द्रित दललाई विदेशीले बनाई दिएको पार्टी भन्‍ने।' जुन दलको नाममा नै विदेशीहरुको नाम छ, ती दलहरु कसरी राष्ट्रवादी भए भन्दै उनले प्रश्न गरे। माओवादी, लेनिनवादी, मार्क्सवादी आफ्नो दलको नाममा राख्नेहरु मधेश केन्द्रित दलजति राष्ट्रवादी हुनै नसक्ने दाबी गर्नु हास्यास्पद भएको उनले बताए। 


प्रकाशित: Feb 12, 2022| 19:52 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।