शनिबार, वैशाख ६, २०८२

थ्रीस्टारसँगको बराबरी उपाधि दौडमा मनाङलाई अर्को धक्का

अंकतालिकाको दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबले शनिबार साँझ दशरथ रंगशालामा चौथौ स्थानमा रहेको थ्रीस्टारसँग १–१ गोलको बराबरी खेलेको छ।
 |  शनिबार, माघ २९, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

शनिबार, माघ २९, २०७८

vianetvianet

काठमाडौं- अंकतालिकाको दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबले शनिबार साँझ दशरथ रंगशालामा चौथौ स्थानमा रहेको थ्रीस्टारसँग १–१ गोलको बराबरी खेलेको छ।

triton college

‘आजका खेल निकै टफ थियो। अवसर सिर्जना भए जस्तो लागेन। थप केही अवसर पाएको भए जित निकाल्न सकिन्थ्यो भन्‍ने लागेको छ,’ बराबरीपछि थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले भने।

सहिद स्मारक ए डिभिजन लिगको ६८ औं खेलमा जित निकाल्दै मनाङ शीर्ष स्थानमा रहेको मछिन्द्र क्लबलाई दबाब दिन चाहन्थ्यो। अहिले मनाङको लक्ष्य सबै खेलमा जित निकाल्ने र मछिन्द्रले कुनै खेलमा गल्ती गरेमा उपाधि जित्ने लक्ष्यमा छ।

यता उपाधि होडबाट लगभग बाहिरिसकेको थ्रीस्टार भने आफूअघिका टिमलाई पछि पार्दै कम्तिमा पनि तेस्रो वा दोस्रो स्थान हात पार्ने दाउमा अघि बढिरहेको छ। यस्तोमा शनिबार साँझको खेलमा दुबै टिमलाई जित अत्यावश्यक थियो। जहाँ दुबै क्लब आफ्नो लक्ष्य प्राप्तिमा सफल रहन सकेनन्।

‘उपाधि हामीभन्दा अहिले टाढा छ, धेरै टाढा छ। अहिले केही भन्‍न सकिन्‍न। मछिन्द्र हामीभन्दा अघि रहेको छ। तर तीन खेल चाहीँ बाँकी छ। हेरौँ अब के हुन्छ,’ खेलपछि मनाङका प्रशिक्षक फजा तोपेले भने। आजको खेलपछि मनाङ उपाधि दौडमा धेरै पछि परिसकेको छ। तर उनले अझै अवसर रहेको बताए।

National life insurance

दशरथ रंगशालामा चार हजार दर्शकमाझ पहिलो मिनेटबाटै प्रतिस्पर्धात्मक बनेको मनाङले दोस्रो मिनेटमै गोलपोस्ट नजिकै फ्रिक किको अवसर पाएको थियो। मनाङका कप्तान अन्जन विस्ष्टले प्रहार गरेका थिए। तर उनको प्रहार गोलकिपर गुलियम प्रिसोको हातमा लागेर क्रसबारको नजिकैबाट बाहिरियो।

त्यसको केही मिनेटपछि नितिन थापाले पेनाल्टी बक्स बाहिरिबाट गरेको प्रहार डिफेन्डरले बचाए। खेलको २५ औं मिनेटमा अफिज ओलावालेले अट्याकको प्रयास गरे पनि उनी डिफेन्डरको ट्र्यापमा परेका थिए।

खेलको ३८ औं मिनेटमा रुपेश केसीले पोस्टको सही दिशामा प्रहार गर्न सकेनन्। त्यस्तै ४१ औं मिनेटमा ओलावाले पेनाल्टी बक्सभित्रबाट गोलकिपर अघि बढिसकेको अवस्थामा दोस्रो बारतर्फ प्रहार गरे पनि पोस्ट छोडेर गोल बिहिरिएको थियो।

यता थ्रीस्टारले पनि केही अवसर गुमायो। ६२ औं मिनेटमा घनिफो क्रोमको प्रहार पोस्टबाहिर गयो। ६७ औं मिनेटमा सन्जोक राईले छ यार्ड बक्स भित्रबाट प्रहार गरे पनि उनी अफसाइड रहे। यता, बल पनि गोलकिपर अशोक बरालले बचाए।

खेलको ५० औं मिनेटमा रितिक कुमार खड्काले प्रहार गरेको बल गोलकिपर बरालले नै बचाएका थिए।

खेलको दोस्रो हाफमा मैदान पसेका दयानन्‍न सिंह एलमबम्ले ६२ औं मिनेटमा मनाङलाई अग्रता दिलाए। अन्जनको क्रसमा एलमबमले हेडरमार्फत् गोल गर्दै मनाङले गोल गरेका थिए।

यता खेलको ७१ औं मिनेटमा थ्रीस्टारले खेलमा बराबरी गर्‍यो। पेनाल्टी बक्सको रेखा नजिकैबाट उनको प्रहार दोस्रो बारमा लागेर फर्किएको थियो। फर्किएको बल पहिलो बारमा लागेर पोस्टभित्र छिर्‍यो।

खेलको ७७ औं मिनेटमा अन्जनको प्रहार गोलकिपर प्रिसोले सहजै बचाए। खेलको बाँकी गोल हुन नसक्दा १–१ गोलको बराबरीमा रोकिएको हो।

आजको बराबरीसँगै मनाङले २० अंक जोडेको छ भने थ्रीस्टार १७ अंकका साथ चौथो स्थानमा कायम छ। थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले खेलपछि आज अनन्त र विक्रम नहुँदा केहि गाह्रो भएको बताएका छन्।

उनले भने, ‘अनन्त तामाङको चोट पनि छ, उनी इस्ट बंगाल जाने भएका छन्। विक्रम लामा पनि चोट नै लागेको हो। यसले केही अप्ठ्यारो भने भयो,’ उनले भने, ‘यद्यपि हामीले खेल राम्रो नै खेल्यो।’

यता मनाङका प्रशिक्षक फुजा तोपेले खेलपछि थ्रीस्टारको प्रशंसा गरे। उनले भने, ‘हामीले आज बलियो र ट्याक्टिकल्ली डिसिप्लीन टिमसँग खेल्यौँ। यो राम्रो टिम थियो। आजको खेलमा हामीले राम्रो गरेको भन्‍नुपर्छ।’

प्रकाशित: Feb 12, 2022| 19:22 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।