काठमाडौं- लेस्टरसिटीले लिभरपुलका गोलकिपर डेन्नी वार्डलाई अनुबन्ध गरेको छ। डेन्नीलाई लेस्टरसिटीले १२.५ मिलियन पाण्डमा अनुबन्ध गरेको हो।
लिभरपुलले रोमाबाट एलिसनलाई किर्तीमानी रकममा भित्राएपछि उनी लिभरपुलका लागि चौथो रोजाईका गोलकिपर बनेका थिए। २५ बर्षीय डेन्नीले वालेसको राष्ट्रिय टिमबाट ४ खेल खेलेका छन् भने लिभरपुल बाट मात्र तीन खेल खेलेका छन्। लेस्टरसिटीले डेन्नीसँग चार बर्षे सम्भलौता गरेको छ । तर, रेड्सले सम्झौतामा २० प्रतिशत बिक्री मापन समावेश गरेको छ।
डेन्नीले भनेका छन्, म यहाँ मेरो खेल आवृत्तिमा सुधार गर्ने छु र आशा छ की केहि थप सफलता पाउने छु। २०१६-१७ को सजनमा उनलाइ लोनमा हुन्डर्स्फिल्ड पठाइएको थियो। उनी हुन्डर्सफिल्डमा १ लाख पाण्डमा एक बर्षका लागि गएका थिए। जहाँ उनले च्याम्पियासिपका ४३ खेल खेले।
यस सिजन लिस्टरसिटीले रिकार्डो पेरेइरा, जोन्नी इभान्स र जेम्स माड्डिसन पछि यो चौथो खेलाडी अनुबन्धित गर्दै छ। लेस्टरसिटीका प्रबन्धक क्लाउडेले भनेका छन्, ‘डेन्नीले हामीलाई टोलीमा अझ बढी प्रतिस्पर्धा दिने छन् । जुन हाम्रो लागि प्रिमयर लिगमा अर्को महत्वपुर्ण अभियान हुने छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४