काठमाडौं– भारतीय बायाँ हाते ब्याट्सम्यान र ईशान किशन इन्डियन प्रिमियर लिग (आईपिएल) को मेगा अक्सनमार्फत मुम्बई इन्डियन्समा अनुबनध भएका छन्। आज भएको अक्सनमा मुम्बईले किशनलाई कीर्तिमानी मूल्य १५ करोड २५ लाख भारुमा अनुबन्ध गरेको हो।
किशनलाई किन्न पन्जाब किंग्स, सनराइजर्स हैदराबाद र मुम्बईबीच कडा प्रतिस्पर्धा भएको थियो। किशन आईपीएल अक्सन इतिहासमा विकेट किपरको रुपमा सर्वाधिक मूल्य पाउने खेलाडी भएका छन्।
किशनलाई मुम्बईले रिलिज गरेको थियो। यसअघि मुम्बईमा किशनले ६ करोड २० लाख भारु पाएका थिए। आईपीएल अक्सन इतिहासमा सर्वाधिक मूल्य गत वर्ष राजस्थान रोयल्सले १६ करोड २५ लाख भारु खर्चेको थियो। २०१५ मा तत्कालिन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) ले युवराज सिंहलाई १६ करोड भारुमा अनुबन्ध गरेको थियो।
किशन ओपनिङ र मध्यक्रम दुवैमा राम्रो ब्याटिङ गर्छन्। आक्रामक र ठूला सटका लागि निकै माहिर छन् उनी। किशनले टि२० आईमा इंग्ल्यान्ड र ओडिआईमा श्रीलंकाविरुद्ध डेब्यूमै अर्धशतक बनाएका थिए। किशनले २ करोड न्यूनतम मूल्य राखेका थिए।