आइतबार, मंसिर ७, २०८२

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते चैतमा हुने

नेपाल कराते महासंघको तत्वावधान तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र जिल्ला प्रमुख डोजो ललितपुर लगनखेलको संयुक्त आयोजनामा प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता चैत अन्तिम साता हुने भएको छ।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

काठमाडौं– नेपाल कराते महासंघको तत्वावधान तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र जिल्ला प्रमुख डोजो ललितपुर लगनखेलको संयुक्त आयोजनामा प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता चैत अन्तिम साता हुने भएको छ।

National life

नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री भट्टराईको स्मृतिमा हुन लागेको प्रतियोगिता चैत २४ देखि २६ गतेसम्म हुने आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी  गराए।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ) गरी १० टिमको सहभागिता रहने छ। एकल र टिम कातासहित पुरुषमा ११ तथा महिलामा १० गरी २१ स्पर्धामा प्रतिस्पर्धा हुने छ। पुरुषमा १ सय १० र महिलामा १ सय गरी २ सय १० खेलाडीको सहभागिता रहने छ। टिम च्याम्पियनलाई १ लाख नगद पुरस्कार दिइने छ भने उत्कृष्ट पुरुष महिला खेलाडीलाई पनि नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ।

नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङले यसै प्रतियोगिताबाट चीनमा हुने १९ औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने बताए। करातेका प्रमुख प्रशिक्षक हीरासिंह डंगोलले प्रत्येक तौल समूहबाट ४ खेलाडीका दरले २१ स्पर्धामा ८४ खेलाडीको प्रारम्भिक छनोट गरिने बताए।

राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष समेत रहेका प्रतियोगिताका मुख्य योजनाकार मिनकृष्ण महर्जनले कोभिडले सुस्ताइरहेको खेलकुदलाई चलायमान बनाउन प्रतियोगिताले मद्दत पुग्ने बताउँदै खेलाडीको मनोबल उकास्न पनि प्रतियोगिता सहयोगी साबित हुने विश्वास व्यक्त गरे।

Laxmi sunrise bank
kumari

प्रायोजक लिनिङका कार्यकारी प्रमुख राजन महर्जन र सम्झना ल्याबका कार्यकारी प्रमुख उर्दिप जोशीले प्रायोजनले आगामी दिन पनि निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गरे। पत्रकार सम्मेलनमै आयोजक डोजोका सचिव विनोद श्रेष्ठलाई सह–संयोजकमा मनोनयन गरिएको जानकारी दिइयो। प्रतियोगिता संयोजक आठौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका स्वर्ण विजेता रवि महर्जनले विनोदलाई सह–संयोजकमा मनोनयन गरिएको पत्र हस्तान्तरण गरेका थिए। प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा हुने छ।

प्रकाशित: Feb 12, 2022| 17:00 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।