बुधबार, असार ३१, २०८३

एसी मिलानमाथि लगाएको प्रतिबन्ध फुकुवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए) ले इटालियन क्लब एसी मिलानमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेका छन्। युइएफएले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मिलानमाथि लागेको प्रतिबन्ध फुकुवा भएको उल्लेख गरेको छ। 

प्रतिबन्ध फुकुवासँगै मिलानले यो सिजन २०१८–१९ को सिजनको युरोपा लिग खेल्न पाउने भएको छ। मिलानले इटालियन सिरी ‘ए’ मा अघिल्लो सिजन छैटौ स्थानमा लिग सकाएको थियो। 

कोर्ट अफ आर्बिटेसन (कास) ले मिलानले क्लब लाइसेनिङ र फाइनान्सियल फेयर प्ले को नियमावाली उल्लङ्घन गरेको भन्दै यही जुनमा मिलानलाई युरोपा लिगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। तर, मिलानले तत्कालै कासमा अपिल गरेपछि कासले मिलानको पक्षमा शुक्रबार निर्णय गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।