शनिबार, असार २०, २०८३

च्यासलविरुद्ध लिगलिडर मछिन्द्रको जित

च्यासल युथ क्लबविरुद्ध मछिन्द्र क्लबले शनिबार जित निकालेको छ।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

काठमाडौं– च्यासल युथ क्लबविरुद्ध मछिन्द्र क्लबले शनिबार जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले च्यासललाई २–० गोलले हराएको हो।

मछिन्द्रको जितमा विमल घर्ती मगर र सुनिल बलले गोल गरे। आजको जितसँगै मछिन्द्रले शीर्षस्थानमा छ अंकको अग्रता समेत बनाएको छ। मछिन्द्रको २६ अंक छ भने दोस्रो स्थानको मनाङको १९ अंक छ।

त्यस्तै शुक्रबार बराबरीमा रोकिएको त्रिभुवन आर्मी क्लबको भने १८ अंक रहेको छ। खेलको १७ औं मिनेटमै मछिन्द्रले अग्रता बनायो। रन्जित धिमालले कर्नरबाट प्रहार गरेको बललाई विमल घर्ती मगरले हेडरमार्फत गोल गरे। विमलको हेडबाट अघि बढेको बल दोस्रो बारमा लागेर मैदानभित्र छिरेका थिए। त्यतिबेला भर्खरै मैदान छिरेका च्यासलका गोलकिपर प्रदिप भण्डारी भने अर्को बिम छेउमा थिए। 

पहिलो रोजाइका गोलकिपर अर्पण कार्की घाइते भएपछि प्रदिप मैदान छिरेका थिए। पहिलो गोलपछि पनि मछिन्द्रले च्यासलमाथि लगातार दबाब बनाइरह्यो।

खेलको २९ औं मिनेटमा पेनाल्टी बक्सको ठिक बाहिरबाट अभिषेक रिजालले गरेको प्रहार पोस्टको फ्रेमबाट बाहिर गएको थियो। त्यस्तै खेलको ३५ औं सुनिल बलले गोल गर्दै लिगमा छ गोल गोल पुर्याएका छन्। विमलले दिएको पासमा सुमनले पोस्टको बायाँ तर्फबाट दोस्रो बारतर्फ प्रहार गर्दै गोल गरेका हुन्। यो गोलसँगै पहिलो हाफमा मछिन्द्रले दुई गोलको अग्रता बनाएको हो।

दोस्रो हाफमा सो गोल रक्षा गर्दै मछिन्द्रले जित निकालेको हो। त्यस्तै, दोस्रो हाफमा मछिन्द्रका फरवार्ड मनिष डाँगी च्यासलका यान्निक केट्जासँग जुध्न पुग्दा मैदानमै ढलेका थिए। उनलाई मैदानमा प्राथमिक उपचारपछि अस्पताल लगिएको छ। उनको टाउकोमा चोट लागेको छ।

 


प्रकाशित: Feb 12, 2022| 16:25 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।