काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत एन्फा कम्लेक्सम्मा सम्पन्न खेलमा सातादोबाटो युथ क्लबले जित निकालेको छ। शनिबार दिउँसो सम्पन्न खेलमा सातादोबाटोले १-० को जित निकालेको हो।
सातादोबाटोको जितका लागि प्रकाश मगरले पहिलो हाफमा गोल गरेका थिए। उनले पहिलो हाफमा गोल गरेसँगै सातादोबाटोले अग्रता बनाएको थियो। सो अग्रता रक्षा गर्दै सातदोबाटोले जित निकालेको हो।
यो जितसँगै सातादोबाटोले लिगमा १५ अंक बनाएको छ। १५ अंकसँगै ऊ पाँचौ स्थानमा उक्लिएको छ। यता पुलिस क्लब भने १०औं स्थानमा यथावत छ। उसको १० अंक नै छ। आजकै खेलमा मछिन्द्रले भने च्यासल युथ क्लबलाई २-० गोलले हराएको छ।