आइतबार, मंसिर ७, २०८२

युएईसँग नेपाल २५ रनले पराजित

१९३ रनको लक्ष्य पछ्याएको नेपालले पुरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा १६७ रन मात्र बनाउन सकेपछि नेपालले हार बेहोरेको हो। पहिलोपारीमा यूएईले पुरा ओभर खेल्दै तीन विकेटको क्षतिमा १९२ रन बनाएको थियो।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

काठमाडौं- ओमनमा जारी चारदेशीय शृंखला अन्तर्गत आज सम्पन्न खेलमा टस जितेर सुरुमा बलिङ गरेको नेपालले २५ रनको हार बेहोरेको छ।

National life

१९३ रनको लक्ष्य पछ्याएको नेपालले पुरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा १६७ रन मात्र बनाउन सकेपछि नेपालले हार बेहोरेको हो। पहिलोपारीमा यूएईले पुरा ओभर खेल्दै तीन विकेटको क्षतिमा १९२ रन बनाएको थियो।

नेपालका ओपनर ज्ञानेन्द्र मल्ल १९ बलमा २२ रन बनाउँदै आउट भए। त्यस्तै, दोस्रो विकेटमा रुपमा नेपालले आशिफ शेखलाई गुमाएको हो। आशिफले २९ बलमा ३४ रन बनाएका छन्।

तेस्रो नम्बरमा दिपेन्द्र सिंह ऐरी र चौथो नम्बरमा आरिफ शेख मैदान प्रवेश गरेका थिए। उनीहरुले क्रमशः ४१ र ११ रन बनाउन सके। त्यस्तै, आज डेब्यू गरेका लोकेश बमले २१ बलमा ३१ रनको योगदान दिएका थिए।

यता यूएईका रोहन मुस्तफ र कसिफ डुडले समान २-२ विकेट लिँदा जुनैद सिद्दगीले एक विकेट गिराए।

Laxmi sunrise bank
kumari

त्यसअघि इयूएईका मोहम्मद वासिमले २२ रन बनाए भने रोहन मुस्तफा अर्धसतक बनाउन १ रनले चुके। त्यस्तै, अर्धसतकिय इनिङ खेलेका चिराग सुरीले बलमा  रन बनाउँदा बसिल अहमदले पनि १७ रन जोडे।मोहम्मद बोराले पनि १४ रनको योगदान गरे।

नेपालका शाहब आलम, सन्दिप लामिछाने र आरिफ शेखले समान १-१ विकेट गिराए। नेपालका शाहब आलमले एकै ओभरमा २२ रन खर्चिए। यूएईविरुद्ध उनले नै सबैभन्दा धेरै  खर्चिलो ओभर खेले। त्यस्तै, विबेक यादबले पनि एकै ओभरमा २० रन दिए। नेपालले पहिलो खेलमा ओमनलाई छ विकेटले हराएको थियो।

प्रकाशित: Feb 12, 2022| 15:21 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।