काठमाडौं- पाकिस्तानका ओपनिङ ब्याट्सम्यान फखर जमानले जिम्बाब्वेविरुद्ध दोहोरो शतक हानेर इतिहास रचेका छन्। एकदिवसीय श्रृंखलमा जमानले २ सय १० रन जोड्दै २१ वर्ष पुरानो रेकर्ड तोडेका हुन्।
बायाँ हाते ब्याट्सम्यान जमानले पाँच खेलको एकदिवसीय श्रृंखलमा नटआउट २ सय १० रन बनाए। सइद अनवरले सन् १९९७ मा चेन्नईमा भारतविरुद्धको खेलमा १ सय ९४ रन बनाएका थिए।
जिम्बाब्वेविरुद्धको पाँचौ एकदिवसीय श्रृंखलाको चौथो खेलमा जमानले नयाँ इतिहास रचेका हुन । उनले खेलमा १ सय ५५ बलमा २४ चौका र ५ छक्काको मद्धतले दोहोरो शतक प्रहार गरेका थिए।
पाकिस्तानले जमानको २ सय १० रनको सहायताले ३ सय ९९ रनको योग खडा गरेको थियो। पाकिस्तानका अर्का ब्याट्सम्यान इमाम उल हकले १ सय १३ रन जोडे। जमान र इमामले पहिलो विकेटका लागि ३ सय ४ रनको उत्कृष्ट साझेदारी खेलेका थिए। जो एकदिवसीय श्रृंखलमापहिलो विकेटका लागि सबैभन्दा ठुलो साझेदारी हो।
त्यस्तै ४ सय रन यसहित जवाफी ब्याटिङमा उत्रिएको जिम्बाब्वे भने ४२ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ५५ रन मात्र बनाउन सक्यो। फखर जमान पाकिस्तानको तर्फबाट दोहोरो शतक बनाउने पहिलो ब्याट्सम्यान पनि बनेका छन् । विश्व क्रिकेटमा दोहोरो शतक बनाउने खेलाडीको सूचीमा उनी छैटौँ नम्बरमा पर्दछन्।
यसअघि भारतका रोहित शर्मा (३ पटक), सचिन तेन्दुलक, वीरेन्द्र सहवाग, न्यूजिल्याण्डका मार्टिन गुप्टिल तथा वेष्टइन्डिजका क्रिस गेलले एकदिवसीय खेलमा दोहोरो शतक प्रहार गरिसकेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४