काठमाडौं- मच्छिन्द्र क्लब र नेपाली राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगी ए डिभिजन लिगको खेलको दौरान मैदानमा ढलेर बेहोस भएका छन्। उनी माथि च्यासलका खेलाडीले खराब ट्याकल गरेपछि उनी मैदानमा लड्न पुगेका थिए।
मैदानमा ढलेको केहि समयमा मात्र उनको होस् आएको थियो। च्यासलका विदेशी खेलाडी यान्निके केट्जाले उनीमाथि ओभरटेक हेडर गर्ने क्रममा उनहरु दुवै खेलाडीको 'हेड कोलिजन' भएको थियो।
त्यसपछि मैदानमा ढलेका मनिषलाई लिनका लागि एम्बुलेन्स मैदानको केन्द्रीय भागमा पुगेको थियो।
त्यहाँ उनको प्राथमिक उपचार भएको थियो। उपचारको केहि मिनेटपछि मात्र उनी उठ्न सफल भएका थिए।
पहिलो हाफमा गोल गरेका सुनिल बलको ठाउँमा मनिष डाँगी दोस्रो हाफमा मात्र मैदान पसेका थिए।
उनको फुटबल ड्रिबलिङ स्किल नेपाली खेलाडीहरुमध्येमा निकै उत्कृष्ट छन्। मनिष डाँगी सुरुमा बेहोस भएपछि टिमका कप्तान सुजल श्रेष्ठ निकै आत्तिएका थिए। उनले तत्कालै मेडिकल टिमलाई मैदानमा आउन पनि अनुरोध गरेका थिए। मछिन्द्रका फिजियो सुरज भुषाल र एन्फाको फिजियो नविना श्रेष्ठले उनको मैदानमा उपचार गरेका थिए। उनलाई मैदानमै सिपिआर प्रविधिबाट उपचार गरिएको थियो।
रंगशालामा देखि घटनामध्ये यो निकै दुर्लभ दुर्घटना पनि हो। त्यसपछि थप उपचारका लागि मनिषलाई अस्पताल लगिएएको छ। उनलाई सीइयूटी इन्ज्युरी भएको मेडिकल टिमले बताएको छ।