काठमाडौं- ओमनमा जारी चार देशीय सिरिज अन्तर्गत युएईविरुद्धको खेलमा नेपालको दोस्रो विकेट पतन भएको छ। यसँगै नेपालले अहिले दुवै ओपनर गुमाएको छ। ओमनको अल इमिरेत मैदानमा पहिले ब्याटिङमा उत्रिएको युएईले नेपाललाई १९३ रनको लक्ष्य प्रदान गरेको छ।
सो लक्ष्य पछ्याउने क्रममा नेपाल दुई विकेट गुमाएका हो। नेपालका ओपनर ज्ञानेन्द्र मल्ल १९ बलमा २२ रन बनाउँदै आउट भए। त्यस्तै, दोस्रो विकेटमा रुपमा नेपालले आशिफ शेखलाई गुमाएको हो।
आशिफले २९ बलमा ३४ रन बनाएका छन्। तेस्रो नम्बरमा दिपेन्द्र सिंह ऐरी र चौथो नम्बरमा आरिफ शेख मैदान प्रवेश गरेका छन्।