काठमाडौं- ओमनमा जारी चार देशीय सिरिज अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालको पहिलो विकेट पतन भएको छ। ओमनको अल इमिरेत मैदानमा पहिले ब्याटिङमा उत्रिएको यूएईले नेपाललाई १९३ रनको लक्ष्य प्रदान गरेको छ।
सो लक्ष्य पछ्याउने क्रममा नेपालको पहिलो विकेट गएको हो। नेपालका ओपनर ज्ञानेन्द्र मल्ल १९ बलमा २२ रन बनाउँदै आउट भएका छन्।
अर्का ओपनर आशिफ शेखले भने १८ बलमा २६ रन बनाइसकेका छन्। तेस्रो नम्बरमा दिपेन्द्र सिंह ऐरी मैदान प्रवेश गरेका छन्।