काठमाडौं- शनिबार ओमनको अल इमिरेत मैदानमा जारी खेलमा नेपालले युएईसँग १९३ रनको लक्ष्य पाएको छ। टस जितेर फिल्डिङ रोजेको नेपालविरुद्ध २० ओभरमा ३ विकेट गुमाएर यूएईले १९२ रन बनएपछी नेपालले १९३ रनको लक्ष्य पाएको हो।
इयूएईका मोहम्मद वासिमले २२ रन बनाए भने रोहन मुस्तफा अर्धसतक बनाउन १ रनले चुके। त्यस्तै, अर्धसतकिय इनिङ खेलेका चिराग सुरीले ५३ बलमा ८४ रन बनाउँदा बसिल अहमदले पनि १७ रन जोडे। मोहम्मद बोराले पनि १४ रनको योगदान गरे।
नेपालका शाहब आलम, सन्दिप लामिछाने र आरिफ शेखले समान १-१ विकेट गिराए। नेपालका शाहब आलमले एकै ओभरमा २२ रन खर्चिए। यूएईविरुद्ध उनले नै सबैभन्दा धेरै खर्चिलो ओभर खेले। त्यस्तै, विबेक यादबले पनि एकै ओभरमा २० रन दिए। आजको खेलमा नेपालका लोकेश बमले डेब्यू गरेका छन्।