बुधबार, भदौ ३, २०८३

देउवा, दाहाल र नेपाल छलफलमा

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका दुई शीर्ष नेताबीच छलफल भइरहेको छ।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

काठमाडौ- प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका दुई शीर्ष नेताबीच छलफल भइरहेको छ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन्।

तनि नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल चलिरहेको बताइएको छ। खासगरी एमसीसी सम्झौता र स्थानीय चुनावबारे छलफल भएको हो। पछिल्लो समय एमसीसी सम्झौता अनुमोदन गर्ने सम्बन्धमा दलहरुबीच तीव्र मतभेद छ।

प्रकाशित: Feb 12, 2022| 12:58 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...