बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा केसीको जीवन रक्षाका लागि माइतीघरमा बृहत प्रदर्शन हुने

डा केसीको जीवन रक्षाका लागि माइतीघरमा बृहत प्रदर्शन हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- चिकित्सा शिक्षा सुधारको मागसहित २२ दिनदेखि अनशन बसेका डा गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलार्इ दबाब दिन माइतीघरमा आज बृहत विरोध प्रदर्शन गरिने भएको छ। 

माइतीघरमा मध्यान्ह १२ बजे प्राध्यापक, विश्लेषक, लेखक, अधिकारकर्मी, पूर्व प्रधानन्यायाधीश, पुर्वउपकुलपति विभिन्न दलका नेता, कार्यकर्ता, चिकित्सा क्षेत्रमा आवद्ध विभिन्न संघसंस्थाका प्रतिनीधि र सर्वसाधारण उपस्थित हुने डा केसी पक्षका वार्ता समितिका सदस्य डा सुरेन्द्र भण्डारीले जानकारी दिए। 

प्रदर्शनमा पूर्व प्रधानन्यायाधीशद्वय सुशीला कार्की तथा कल्याण श्रेष्ठ, अभिनेत्री मनिषा कोइराला,  त्रिविका पुर्वउपकुलपति, केदारभक्त माथेमा, प्राध्यापक सुरेन्द्र लाभ, अधिकारकर्मी कृष्ण पहाडी, खगेन्द्र संग्रौला, नागरिक अभियन्ता देवेन्द्रराज पाण्डे गायतका वुद्धिजिवि, लेखक, कलाकार र सर्वसाधारणहरुले ऐक्यबद्धता जनाउने डा. केसीका समर्थक एवं सामाजिक अभियन्ता प्रितम सुवेदीले जानकारी दिए।   

जुम्ला झडपका दोषीलार्इ कारबाही गरिनुपर्ने, चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवधिबाहेक बाँकी  बुँदाहरुमा कुनै परिवर्तन नगरी यथारुपमा पारित गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित पूर्णता दिएर मात्र साझा प्रवेश परीक्षा सञ्चालनलगनयत कामहरु सुरु गर्नुपर्ने, चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठर्हयाएका पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गर्नुपर्ने लगायतका मागमा तत्काल सम्वोधन गर्नुपर्ने उनीहरको माग छ। 

यसैबीच  २२ दिन देखि अनसनरत डा गोविन्द केसीको माग सम्वन्धमा सरकारी टोलीले वार्ताको कुनै पहल नगरेको भन्दै सरोकारवालाले गुनासो गरेका छन्। सरकारी टोलीले भने डा केसीको स्वास्थ्यमा सुधार आएपछि मात्रै वार्ता प्रक्रिया अघि बढाउने बताएका छन्।   
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।