काठमाडौं– ओमनमा जारी चार देशीय टी-२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले जित निकालेको छ। घरेलु टिम ओमनविरुद्ध नेपालले ६ विकेटको जित निकालेको हो।
ओमन क्रिकेट एकेडेमीको अल इमिरेत मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले १३६ रनको लक्ष्य पछ्याएको थियो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ६५ रन बनाएपछि नेपालले निर्धारित ओभरमा तीन बल बाँकी रहँदै चार विकेट गुमाएर १३७ रन बनाएको हो। त्यसअघि ओमनले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १३५ रन बनाएको थियो।
अन्तिम दुई ओभर बाँकी रहँदा नेपाललाई १७ रन आवश्यक थियो। त्यो अवस्थाबाट नेपालले जित निकालेको हो।
पहिलो पारीमा नेपालका लागि अभिनाश बोहराले तीन विकेट लिएका छन्। त्यस्तै आरिफ शेख, सन्दीप लामिछाने र कमल सिंह ऐरीले समान १–१ विकेट गिराए। नेपालले खेलमा शानदार सुरुआत गरे पनि त्यसलाई कामय राख्ने भने सकेन।
नेपालले पावर प्लेमै तीन विकेट गिराएको थियो भने तेस्रो ओभरको पहिलो बलमै दोस्रो विकेट लिइसकेको थियो। दीपेन्द्र सिंहलाई नेपालका आरिफ शेखको बलमा आसिफ शेखले क्याचआउट गराएपछि ओमनको दोस्रो विकेट गिरेको थियो। त्यस्तै, दशौं ओभरको तेस्रो बलमा नेपालले ओमनको चौथो विकेट पनि गिरायो।
सन्दीप लामिछानेको डेब्यू कप्तानीमान नेपालले सानदार सुरुआत गरेको हो। तुलनात्मक रुपमा बलिङमा कमजोर देखिएको भन्ने विश्लेषण गरिएको नेपाली टिमले पहिलो खेलमा सानदार सुरुआत गर्यो। त्यसअघि दोस्रो ओभरको अन्तिम बलमा नेपालका अभिनाश बोहराले ओमनका काश्यकप प्रजापतिको विकेट गिराएका थिए।
सन्दीपको कप्तानीमा विवेक यादव र सागर ढकालले नेपाली राष्ट्रिय सिनियर क्रिकेट टिममा डेब्यु गरेका छन्। आजको खेलमा करण केसी र कुशल भुर्तेल भने बेञ्चमै थिए।
नेपालविरुद्ध ओमनका काश्यकपले ११, जितेन्दर सिंहले १३ रन बनाउँदा सोएब खानले ११ र आयन खानले ११ रन बनाए।
पाँचौ र छैटौं नम्बरमा मैदान पसेका जिसम मक्सोद र मोहम्मदन नदिमले उत्कृष्ट साझेदारी गरेपछि ओमनको ब्याटिङ सम्हालिएको थियो। यि दुई खेलाडीले ६१ रनको साझेदारी गरे।
उनीहरुले ९ ओभर तीन बलमा ५८ रनसँगै चार विकेट गइसकेको अवस्थाबाट टिमलाई ११९ रनसम्म पुर्याएका थिए। त्यस्तै मोहम्मद नदिमले ३१ रन बनाए भने जिसमले अविजित ४३ रन जोडे। त्यसपछि ओमनको ब्याटिङ फेरि धरमरायो।
सातौं नम्बरमा मैदान पसेका नसिम खुसी दुई बलमै आउट भए। जवाफी ब्याटिङमा औषत सुरु गरेका नेपालले मिडिल अर्डरमा राम्रो प्रदर्शन गरेको थियो।
खेलको तीन ओभर दुई बलमा नेपालले पहिलो विकेट गुमाएको हो। त्यस्तै, सोही ओभरको अर्को बलमा नेपालको दोस्रो विकेट पनि पतन भएको छ। यो ओमरमा कलिमुल्लाहले नेपालका दुवै ओपनरलाई पेबेलियन फर्काएका थिए।
नेपाली ओपनर आशिफ शेख ११ बलमा १४ रन बनाउँदै आउट भए। आशिफले ब्याटबाट प्रहार गरेको बल सोएब खानले क्याच गरेका थिए। त्यस्तै, १४ बलमा चार रन बनाएका प्रदिप ऐरी पनि बाहिरएका छन्।
१३६ रनको लक्ष्य पछ्याउने क्रममा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १३ रन बनाए। १० ओभर पाँच बलमा ६५ रनसम्म पुर्याएपछि ज्ञानेन्द्र रन आउट भएका थिए। चौथो र पाँचौ नम्बरमा मैदान छिरेका दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले चाहिँ पारी सम्हालेर खेले।
उनीहरुले ४५ रनको साझेदारी गरेका थिए। दिपेन्द्रले ५३ बलमा ७३ रन बनाए भने आरिफ शेखले २० बलमा २५रन बनाए। दिपेन्द्रलेआठ चौका र एक छक्काको सहयोगमा सो रन जोडेका हुन्। ओमनका खबर अलीले पनि एक विकेट लिए।