नेपालका लागि अभिनास बोहराले तीन विकेट लिएका छन्। त्यस्तै आरिफ शेख, सन्दीप लामिछाने र कमल सिंह ऐरीले समान १–१ विकेट गिराए। नेपालले खेलमा सानदार सुरुआत गरे पनि त्यसलाई कामय राख्ने भने सकेन।
नेपालले पावर प्लेमै तीन विकेट गिराएको थियो भने तेस्रो ओभरको पहिलो बलमै दोस्रो विकेट लिइसकेको थियो। जितेन्द्र सिंहलाई नेपालका आरिफ शेखको बलमा आसिफ शेखले क्याचआउट गराएपछि ओमनको दोस्रो विकेट गिरेको थियो। त्यस्तै, दशौं ओभरको तेस्रो बलमा नेपालले ओमनको चौथो विकेट पनि गिरायो।
सन्दीप लामिछानेको डेब्यू कप्तानीमा नेपालले सानदार सुरुआत गरेको हो। तुलनात्मक रुपमा बलिङमा कमजोर देखिएको भन्ने विश्लेषण गरिएको नेपाली टिमले पहिलो खेलमा सानदार सुरुआत गर्यो। त्यसअघि दोस्रो ओभरको अन्तिम बलमा नेपालका अभिनास बोहराले ओमनका काश्यकप प्रजापतिको विकेट गिराएका थिए।
सन्दीपको कप्तानीमा विवेक यादवले नेपाली राष्ट्रिय सिनियर क्रिकेट टिममा डेब्यु गरेका छन्। आजको खेलमा करण केसी र कुशल भुर्तेल भने बेञ्चमै रहेका छन्।
नेपालविरुद्ध ओमनका काश्यकपले ११, जितेन्दर सिंहले १३ रन बनाउँदा सोएब खानले ११ र आयन खानले ११ रन बनाए। पाँचौ र छैटौं नम्बरमा मैदान पसेका जिसम मक्सोद र मोहम्मदन नदिमले उत्कृष्ट साझेदारी गरेपछि ओमनको ब्याटिङ सम्हालिएको थियो। यि दुई खेलाडीले ६१ रनको साझेदारी गरे।
उनीहरुले ९ ओभर तीन बलमा ५८ रनसँगै चार विकेट गइसकेको अवस्थाबाट टिमलाई ११९ रनसम्म पुर्याएका थिए। त्यसत्रmममा नदिमले ३१ रन बनाए भने जिसमले अविजित ४३ रन जोडे। त्यसपछि ओमनको ब्याटिङ फेरि धरमरायो। सातौं नम्बरमा मैदान पसेका नसिम खुसी दुई बलमै आउट भए।