काठमाडौं– तेस्रो ओभरको पहिलो बलमै नेपालले जितेन्द्र सिंहलाई आउट गराएपछि नेपालले ओमनविरुद्ध सानदार सुरुआत गरेको छ।
कप्तान सन्दीप लामिछानेको डेब्यू कप्तानीमान नेपालले सानदार सुरुआत गरेको हो। तुलनात्मक रुपमा बलिङमा कमजोर देखिएको भन्ने विश्लेषण गरिएको नेपालको टिमले पहिलो खेलमा सानदार सुरुआत गरेको हो।
नेपालका लागि अभिनास बोहरा र आरिफ शेखले विकेट गिराएका छन्। दुवै खेलाडीले समान १–१ ओभर बलिङ गरेका छन्। सन्दीपको कप्तानीमा विवेक यादवले नेपाली राष्ट्रिय सिनियर क्रिकेट टिममा डेब्यू गरेका छन्। आजको खेलमा करण केसी र कुशल भुर्तेल भने बेञ्चमै रहेका छन्।