बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमसीसी पास गर्न खोज्नेले 'नेपालीको नेता हुँ' भन्नु अपराध हो : भीम रावल

एमसीसी पास गर्न खोज्नेले 'नेपालीको नेता हुँ' भन्नु अपराध हो : भीम रावल

नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी पास गर्न खोज्नेले नेपालीको नेता हुँ भन्नु अपराध हुने बताएका छन्।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं- नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी पास गर्न खोज्नेले नेपालीको नेता हुँ भन्नु अपराध हुने बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा उनले नेपालको स्वाधीनता, स्वतन्त्रता र हित विपरीतका एमसीसीका प्रावधानहरू प्रति आँखा चिम्लेर विदेशी स्वार्थ तथा दबाबका सामु आत्मसमर्पण गर्नु देश र जनताप्रतिको गद्दारी हुने टिप्पणी गरेका छन्।

उनले राष्ट्रलाई पराधीन तुल्याउने बाटोमा धकेल्नु ठूलो अपराध हुने बताएका छन्। 'विदेशी स्वार्थ र दबाबका सामु आत्मसमर्पण गर्नु देश र जनताप्रतिको गद्दारी र राष्ट्रलाई पराधीन तुल्याउने बाटोमा धकेल्ने अपराध हो। यस्तो अपराध नेपालीको नेता हुँ भन्नेले गर्न मिल्दैन,' उनले लेखेका छन्।

प्रकाशित: Feb 11, 2022| 11:19 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...