बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डलाई ओलीको जवाफ- मलाई हटाए एमसीसी पारित हुने सम्झौता गर्नुभएको रहेछ त?

प्रचण्डलाई ओलीको जवाफ- मलाई हटाए एमसीसी पारित हुने सम्झौता गर्नुभएको रहेछ त?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा सबैभन्दा पहिला सत्तारुढ दल स्पष्ट हुनुपर्ने बताएका छन्।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा सबैभन्दा पहिला सत्तारुढ दल स्पष्ट हुनुपर्ने बताएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोनमार्फत प्रतिपक्ष दल एमालेलाई एमसीसीबारे आफ्नो धारणा प्रस्ट पार्न गरेको आग्रहको जवाफमा ओलीले सत्तारुढ दल पहिले स्पष्ट हुनुपर्ने बताएका हुन्।

एमाले प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालका अनुसार एमसीसीमा एमालेले निर्णय नगरी भएन भन्दै बिहीबार साँझ माओवादी केन्द्रका अध्यक्ष दाहालले टेलिफोनमार्फत आग्रह गरेको थिए। ‘पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ- तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौ भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४– ५ महिनामा पारित गर्छौ’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ,’ ओलीलाई उदृत गर्दै रिजालले  सामाजिक सञ्जालमा लेखेका छन्।

‘अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन, पहिले आफूले निर्णय गर्नुस,  नेकपा एमाले त निर्णय गरिहाल्छ,’ टेलिफोनमा प्रचण्डलाई ओलीले उक्त कुरा भनेको रिजालले बताए।

प्रकाशित: Feb 11, 2022| 09:20 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...