बुधबार, भदौ ३, २०८३

एमसीसी बारे एमालेको धारणा स्पष्ट छ : विष्णु रिजाल

नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले एमसीसीका सम्बन्धमा एमालेको धारणा स्पष्ट र हेको बताएका छन्।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले एमसीसीका सम्बन्धमा एमालेको धारणा स्पष्ट र हेको बताएका छन्। 'विदेशीले सोधुन् वा स्वदेशीले, एमालेको धारणा स्पष्ट छ,' उनले सामाजिक  सञ्जालमा लेखेका छन्।

‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै बिहीबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेको उनले बताएका छन्।

'फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ। तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ। हटाइसकेपछि ४-५ महिनामा पारित गर्छौं भनेर लिखित कागज नै गर्नुभएको रहेछ। अहिले सत्ता चलाइरहनुभएको छ। प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन्। पहिले आफूले निर्णय गर्नूस्।  नेकपा एमाले त निर्णय गरिहाल्छ,’ उनले लेखेका छन्।

प्रकाशित: Feb 11, 2022| 09:13 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...