आइतबार, मंसिर ७, २०८२

नेपालले आज ओमनको सामना गर्दै

यही वर्ष अस्ट्रेलियामा हुने टी-२० विश्वकप ग्लोबल छनोटका तयारीमा रहेको नेपाल र ओमनले आज ओमनको मैदानमा टी-२० खेल्दैछन्।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं- यही वर्ष अस्ट्रेलियामा हुने टी-२० विश्वकप ग्लोबल छनोटका तयारीमा रहेको नेपाल र ओमनले आज ओमनको मैदानमा टी-२० खेल्दैछन्।

National life

पछिल्लो समय क्रिकेटका धेरै प्रतियोगिता आयोजना गरेको ओमनले आज घरेलु मैदानमा नेपालको सामना गर्न लागेको हो।

नेपाल र ओमनको खेल आज दिउँसो पौने चार बजेबाट अल इमिरेत मैदानमा सुरु हुँदैछ। 

नेपालको टिममा अहिले विवेक यादव र लोकेश बम पहिलो पटक समावेश भएका छन्। आज उनीहरूले नेपालको सिनियर टिमबाट डेब्यु गर्न सक्नेछन्।

त्यस्तै, नेपाली टिमका प्रशिक्षक पुबुदु दाशानायकले दोस्रो पटक नेपाली टिम सम्हालेपछि नेपाले पहिलो खेल खेल्न लागेको हो। यसअघि डेव वाटमोरको प्रशिक्षणमा नेपाली टिमले ओमनमै लिग २ को शृंखला खेलेको थियो

Laxmi sunrise bank
kumari

ओमनमा खेलेको अन्तिम खेलमा नेपालले ओमनलाई हराएको थियो। तर, एकदिवसीयकै त्यसअघिका तीन खेलमा भने ओमनले नेपालाई सहजै हराएको थियो।

आजको खेल नेपाली खेलाडीका लागि परीक्षणको खेल पनि हो। किनभने ओमन पछिल्लो समय एसोसिएट देशहरूमा राम्रो छवि बनाएको देश हो।

यो सिरिजमा नेपालले ओमबाहेक आयरल्यान्ड र यूएईसँग पनि खेल्नेछ। तीन खेलको मद्दत पछि विश्वकप छनोटमा जित निकाल्दै नेपाल विश्वकपमा स्थान बनाउन चाहन्छ।

चारदेशीय सिरिज 

माघ २८– नेपाल र ओमान

माघ २९– नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई)

फागुन २– नेपाल र आयरल्यान्ड

टी–२० विश्वकप छनोट

फागुन ६– नेपाल र ओमान

फागुन ७– नेपाल र फिलिपिन्स

फागुन ९– नेपाल र क्यानडा

फागुन १०– पहिलो सेमिफाइनल (समूह ए को विजेता र समूह बी को उपविजेता)

फागुन १०– दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता)

फागुन १२– फाइनल (दुवै सेमिफाइनलका विजेता)

नेपाली क्रिकेट टिम

सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनास बोहरा, साहब आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, सागर ढकाल र लोकेश बम

प्रकाशित: Feb 11, 2022| 08:55 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।