मंगलबार, माघ १, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दृष्टिविहीन-बहिरा बालबालिकाका समस्या अथाह, बेखबर छिन् विभागीय मन्त्री

Siddartha premir insuranceSiddartha premir insurance

दृष्टिविहीन-बहिरा बालबालिकाका समस्या अथाह, बेखबर छिन् विभागीय मन्त्री

विरक्तिएका शेर्पाले त्यसपछि आफ्नाजस्तै अन्य बालबालिका कति होलान् भनेर सोधीखोजी गर्न सुरु गरे। त्यही क्रममा उनले थाहा पाए– यस्ता बालबालिका एकै ठाउँमा जम्मा गरेर सिकाउने थलोको रुपमा बहिरा दृष्टिविहीन अभिभावक समाज छ भनेर।
 |  शुक्रबार, माघ २८, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

शुक्रबार, माघ २८, २०७८

ntc landingntc landing

काठमाडौं– हामी सबैलाई थाहा छ– आँखा नदेख्ने अनि कान पनि नसुन्ने मानिसले दैनिक जीवनमा भोग्नुपर्ने समस्या अथाह छन्। ओखलढुंगा स्थायी घर भएका सूर्यबहादुर खड्काकै कुरा गरौं न। उनकी छोरी शर्मिला अहिले २२ वर्षकी भइन्। उनी न सुन्न सक्छिन्, न देख्छिन्, न बोल्न नै। सूर्यबहादुरले छोरीलाई कैयौं दुःखकष्ट झेलेर हुर्काएका छन्। 

himalayan bank box

सूर्यबहादुर किसान हुन्। आफ्नो छोरीको अवस्था देखेर गाउँलेले अनेक कुरा काट्थे। उनी आफैंले पनि कटु वचन सुनेका छन्। त्यही पीडाले उनले आफ्नो जन्मस्थल नै छाडे। घर, जायजेथा सबै माया मारेर उनी काठमाडौं आएका छन्। ‘कति रात भोकै सुतियो, कति दिन भोकै हिँडियो। आफ्नो सन्तान हो, माया लागिहाल्छ नि,’ सूर्यबहादुर भन्छन्। 

सूर्यबहादुर आफ्नी छोरीलाई दैनिक काँडाघारीबाट मध्य बानेश्वरस्थित बहिरा दृष्टिविहीन अभिभावक समाजमा ल्याउँछन्। दिनभरि छोरीलाई त्यहाँका शिक्षिकाहरुले स्पर्शको माध्यमबाट विभिन्न कुराहरु सिकाउँछन्। यसमा त उनी खुसी छन्, तर छोरीलाई ल्याउँदा–लैजाँदा सार्वजानिक यातायातले दिने दुःख उनका लादि दुसाध्य छन्। उनका अनुसार गाडीवाला अपांग बच्चा देखेपछि बसमा चढाउनसमेत मान्दैनन्। 

बहिरा दृष्टिविहीन अभिभावक समाजमा बालबालिका।
भक्तपुर चाँगुनारायणका ६ वर्षीय डिजेन मक्रान्ती पनि आँखा देख्दैनन्, त कान नै सुन्छन्। केही बोल्न खोज्छन् तर बोली फुट्दैन। डिजेनलाई पनि उनकी आमाले दैनिक रुपमा चाँगुनारायणबाट मध्य बानेश्वर ल्याउँछिन्। बहिरा दृष्टिविहिन अविभावक समाजमा डिजेन उनीजस्तै अन्य बालबालिकाहरुसँग खेल्छन्। यहाँ आएपछि आमा पनि मन बुझाउँछिन्। लाग्छ– मेराजस्ता सन्तान अरुका पनि रहेछन्। ‘यहाँ आएपछि मन बुझाउन सजिलो भएको छ। अहिले त छोरा हिँड्ने भएको छ, खुसी छु,’ जानुकाले सुनाइन्। राज्यसँग उनको आग्रह छ– उनका छोरा र उनीजस्तै अन्य बालबालिकालाई पनि शिक्षादिक्षा दिने ठाउँ होस्। उनीहरुको पनि बाँच्न पाउने अधिकारको सम्मान होस्।

सोलुखुम्बुका लाक्पा नुरु शेर्पा पनि जन्मजात आँखा नदेख्ने र कान नसुन्ने छोराको उपचार गराउन धेरै ठाउँ धाए। कहिँकतै उपचार सम्भव भएन। उपचार नभए पनि पढाउनुपर्छ भनेर छोराको भर्ना गर्न स्कुलहरुमा धाए। तर, कुनैले पनि उनको बच्चा भर्ना लिन मानेनन्। केहीले यस्ता बच्चालाई पढाउन जनशक्ति छैन भनेर फर्काए भने केहीले त यस्ता बच्चालाई पढाएर के काम भनेर रुखो वचन समेत लगाए। 

विरक्तिएका शेर्पाले त्यसपछि आफ्नाजस्तै अन्य बालबालिका कति होलान् भनेर सोधीखोजी गर्न सुरु गरे। त्यही क्रममा उनले थाहा पाए– यस्ता बालबालिका एकै ठाउँमा जम्मा गरेर सिकाउने थलोको रुपमा बहिरा दृष्टिविहीन अभिभावक समाज छ भनेर।

विरक्तिएका शेर्पाले त्यसपछि आफ्नाजस्तै अन्य बालबालिका कति होलान् भनेर सोधीखोजी गर्न सुरु गरे। त्यही क्रममा उनले थाहा पाए– यस्ता बालबालिका एकै ठाउँमा जम्मा गरेर सिकाउने थलोको रुपमा बहिरा दृष्टिविहीन अभिभावक समाज छ भनेर। नक्सालमा रहेको उक्त संस्थामा पुगे उनी र आफ्नो छोरा साइनलाई त्यहीँ लगेर सिकाउन थाले। 

शेर्पा अहिले उक्त संस्थाको अध्यक्ष छन्। त्यहाँ २९ जना बालबालिका छन्। उनीहरु खेल्छन्, रमाउँछन् अनि आफ्नो दैनिकी सहज ढंगले चलाउन सिकिरहेका पनि छन्। स्पर्शको माध्यमबाट संसार चिहाउने कोसिस गरिहेका छन्। दृष्टिविहीन अभिभावक समाजले यो स्तरको पहल गरे पनि सरकारलाई भने यस्ता बालबालिका कति छन् भन्ने नै थाहा छैन। अहिलेसम्मको कुनै पनि जनगणनामा यस्ता बालबालिकाको छुट्टै गणना नगरिएको सरोकारवालहरु बताउँछन्। 

नेपालमा अपांगता भएका व्यक्तिहरुका लागि काम गर्ने सर्वोच्च सरकारी निकाय हो, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय। त्यस्ता व्यक्तिहरुका लागि आवश्यक नीतिनियम बनाउने तथा क्षमता अभिवृद्धिका कार्यक्रम ल्याउने काम यो मन्त्रालयको हो। 

तर, यही मन्त्रालयका मन्त्रीलाई त्यस्ता व्यक्तिहरुको तथ्यांक थाहा छैन र उनीहरुले भोग्नु परिहेका समस्याबारे बेखबर छिन्। दृष्टि र श्रवण शक्ति गुमाएका मानिसहरुको बारेमा जिज्ञासा राख्दा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले अनभिज्ञता प्रकट गरिन्। आफूले यस्तो समस्याबारे बल्ल थाहा पाएको उनको प्रतिक्रिया थियो। ‘मैले बल्ल थाहा पाएँ, यस्ता नागरिक कति छन् अब त्यसको तथ्यांक संकलन गर्छौं। त्यसपछि उनीहरुलाई पढ्ने, सिक्ने छुट्टै केन्द्र स्थापना गर्न पहल गर्छु,’ उनले भनिन्। विशेषगरी दृष्टि र श्रवण शक्ति गुमाएका बालबालिकाकोस्याहार गर्न विशेष केन्द्र खोल्नका लागि आगामी आर्थिक वर्ष व्यवस्था गर्न पहल गर्ने उनले प्रतिवद्धता जनाइन्। 

त्यसो त हरेक वर्ष अपांगता दिवस मनाइन्छ नेपालमा। विभिन्न कार्यक्रम गरिन्छ। तर अपांगता भएका मानिसले भोग्नु परिहेका समस्या ज्युँका त्युँ छन्।

प्रकाशित: Feb 11, 2022| 15:17 शुक्रबार, माघ २८, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।